नर्सिङ छात्रासँग दुष्कर्मको प्रयास, आरोपीलाई आज फेरि न्यायालयमा पेश गरिने

Share this news

दार्जीलिङ, 12 फरवरी (निसं):दार्जीलिङको नर्सिङ स्कूलकी एउटी छात्रामाथि दुष्कर्मको प्रयास भएको घटना प्रकाशमा आएपछि निकै सनसनी मच्चिएको छ। गत केही दिनअघि दार्जीलिङ जिल्ला नर्सिङ स्कूलमा भएको यस प्रकारको घटनाले गम्भीर प्रश्नहरू जन्माएका छन् । दार्जीलिङ जिल्ला अस्पतालकै वार्ड मास्टर उत्तम राय नामक युवकले यस्तो दुष्कर्मको प्रयास गरेपछि पीड़ित नर्सिङ छात्राले स्थानीय दार्जीलिङ सदर थानामा एक प्राथमिकी दर्ता गरेकी थिइन्, जसको आधारमा पुलिसले आरोपीलाई पक्राउ गरेको थियो।आरोपी उत्तम रायलाई बिहीवार दार्जीलिङ जिल्ला अदालतमा पेश गरिने भएको दार्जीलिङ जिल्ला अदालतका एपीपी (एसिस्टेण्ट पब्लिक प्रोसिक्यूटर) पङ्कज प्रसादले जानकारी गराएका छन् । उनले दिएको जानकारी अनुसार, गत केही दिनअघि उक्त नर्सिङ छात्रा अचानक अस्वस्थ भएकी थिइन् । उनले त्यस दिन ९-१० पल्ट उल्टी गरिसकेकी थिइन् । उसै पनि छात्रा अघिबाटै एन्जाइटीबाट पीड़ित थिइन् । उक्त छात्रा अस्वस्थ भएको फाइदा उठाएर वार्ड मास्टर

उत्तम रायले उक्त छात्रालाई छात्राकै कोठामा लगेर सुताइदिएका थिए। पछिबाट उक्त छात्रा होशमा आउँदा वार्ड मास्टर आफ्नो छेवैमा सुतिरहेका थिए अनि उनको हात आफ्नो निजी अङ्गमा राखिरहेको छात्राले थाहा पाइन्। त्यसपछि उक्त छात्रा ओछ्‌यानबाट हतार-हत्तार उठिन् अनि रिसाउँदै वार्ड मास्टरलाई हकारिन् । त्यसको केही समयपछि फेरि उक्त वार्ड मास्टर उक्त नर्सिङ छात्राको कोठामा आए अनि उनलाई जबर्जस्ती ४-५ पल्ट चुम्बन पनि गरे। त्यसमा पनि छात्रालेआपत्ति जनाइन्। तर डरको कारण छात्राले यो कुरा कसैलाई भन्न सकिरहेकी थिइनन् । यद्यपि, साथीहरूसित कुरा गर्दा यस घट्नाबारे पनि कुरा उठ्यो, त्यसपछि अन्य साथीहरूले दिएको आँटमा उक्त पीड़ित छात्राले उत्तम राय नामक वार्ड मास्टर विरूद्ध दार्जीलिङ सदर थानामा प्राथमिकी दर्ता गरिन् । जसको आधारमा ‘पुलिसले तत्कालै उत्तम रायलाई पक्राउ गरेको थियो।

एपीपी प्रसादले जानकारी गराए अनुसार, उत्तम कुमार रायले यसअघि पनि अर्को एक नर्सिङ छात्रासित दुष्कर्म गर्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। जसलाई दार्जीलिङ जिल्ला अदालतमा पेश गरिएपछि न्यायिक हिरासतमा पठाइएको थियो, जसलाई भोलि १२ फरवरीको दिन पुनः अदालतमा पेश गरिने भएको एपीपी पयज प्रसादले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ