ग्रामी पुरस्कार प्राप्त उत्सव कार्यक्रम

Share this news

दार्जीलिङ, 12 फरवरी (निसं): क्षेत्रीय तिब्बती महिला संघ, दार्जीलिङको आयोजनामा बुधबार दार्जीलिङको गान्धी रोडस्थित तिब्बती सामुदायिक हलमा एक भव्य उत्सव कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रम स्थानीय तिब्बती समुदायका बीचमा परम पावन 14औं दलाई लामाले सन् 2026 को उत्कृष्ट अडियो पुस्तक कथनतर्फ ग्रामी पुरस्कार प्राप्त गर्नुभएको उपलक्ष्यमा आयोजना गरिएको हो।

उत्सव कार्यक्रममा तिब्बती समुदायका विभिन्न सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा परम्परागत सांस्कृतिक नृत्य प्रस्तुत गरियो, जसले उपस्थित सबैलाई मनोरञ्जनका साथै तिब्बती संस्कृति र परम्पराको झल्को प्रदान गर्‍यो। साथै, केक काट्ने कार्यक्रम गरी दलाई लामाको यस ऐतिहासिक उपलब्धिलाई सामूहिक रूपमा मनाइयो। त्यसपछि सबै उपस्थितलाई प्रसाद (धेसी) वितरण गरिएको थियो।

यस अवसरमा बोल्दै क्षेत्रीय तिब्बती महिला संघ, दार्जीलिङकी उपाध्यक्ष तेञ्जिङ भुटियाले यो वर्षको ग्रामी पुरस्कार विशेष महत्वको रहेको बताइन्। उनका अनुसार 90 वर्षको उमेरमा एक धार्मिक तथा आध्यात्मिक नेताले ग्रामी पुरस्कार जित्नु ग्रामी पुरस्कारको इतिहासमै पहिलो पटक भएको हो, जुन सम्पूर्ण तिब्बती समुदायका लागि गर्वको विषय हो।

उनले परम पावन दलाई लामाको आवाज र सन्देश विश्वभरका मानिससम्म पुग्नु मानवता, शान्ति र करुणाको सन्देश फैलिनु भएको उल्लेख गर्दै यस्तो सम्मानले तिब्बती समुदाय मात्र नभई सम्पूर्ण विश्व समुदायलाई प्रेरणा दिने बताइन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ