BJP and TMC supporters join IGJF
BJP and TMC supporters join IGJF

भागोप्रमो,भाजपा र टीएमसी समर्थकहरू आइजीजेएफमा सामेल

Share this news

कालेबुङ जिल्लाको सामसिङ कुमाई क्षेत्रका 55 परिवारहरूले बुधबार इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन जनाए। त्यसरी नै कालेबुङ जिल्लाको 43 नम्बर समष्टिका 25 जना युवाहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको भिजन र पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसको इमान्दारितालाई मन पराउँदै पार्टीमा सामेल भए। यी समर्थकहरूलाई आइजीजेएफ केन्द्रीय संयोजक अजय एडवर्डसले खदा लगाउँदै पार्टीमा स्वागत जनाए। इण्डियन गोर्खा जन शक्ति फ्रण्टले आफ्नो गठनकालदेखि नै माटो पनि नछोडने,बाटो पनि नछोडने स्पष्ट बताउदै आएका छन्।माटो भन्नाले अलग राज्य हो भने बाटो भन्नाले विकास हो।इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा अजय एडवर्डस सत्तामा छैन तर पनि आफ्नो गोजीको पैसाले पहाड तराई डुवर्स आदि क्षेत्रहरूमा ब्रीजहरूको निर्माण, समाज घर, सार्वजनिक भवनहरूको निर्माण, बाटोहरूको निर्माण, गरीब बिमारीहरूको उपचार, गरीब विद्यार्थीहरूलाई शिक्षा आदि जस्ता कार्यहरू निरन्तर रूपमा गर्दै आइरहेका छन्।यसले स्पष्ट हुन्छ इण्डियन गोर्खा जनशक्ति फ्रण्टको गठन साँच्चै गोर्खा जातिको उन्मुक्ति र पहाड तराई डुवर्सको विकाससंग संगै जाति उत्थानको निम्ति भएको दावि गरिएको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा अजय एडवर्डसको यस्तै कार्यहरूले कालेबुङ जिल्लाको सामसिङ, कुमाइ क्षेत्रहरूसंग संगै 43 नम्बर समष्टिको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, भारतीय जनता पार्टी र तृणमूल कांग्रेसको समर्थकहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन जनाएको पार्टीको मिडिया प्रकोष्ठले विज्ञप्तिमा उल्लेख गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ