Sacred pilgrimage site of Bodh Gaya
Sacred pilgrimage site of Bodh Gaya

पवित्र तीर्थस्थल बोधगयाः बुद्धको बोध (ज्ञान) प्राप्त भएको स्थान

Share this news

बुद्धको बोध (ज्ञान) प्राप्त भएको स्थान। अन्य नाम : बुद्ध गया, बौद्ध गया, महाबोधि।
१. बोधगयास्थित पवित्र महाबोधि मन्दिर दीर्घकालदेखि नै भगवान् बुद्धको बोधिप्राप्तिको शान्त साक्षीका रूपमा अडिग रूपमा उभिएको छ। इसापूर्व तेस्रो शताब्दीमा मौर्य सम्राट् अशोकले श्रद्धा र भक्तिसाथ यस पवित्र स्थलमा पहिलो मन्दिरको स्थापना गर्नुभएको थियो। यही स्थानमा भगवान् बुद्धले बोधिवृक्षमुनि वज्रासनमा विराजमान भई सर्वोच्च बोधि प्राप्त गर्नुभएको थियो।
आज अस्तित्वमा रहेको सुन्दर इँटाले बनेको मन्दिर इसाब्द पाँचौँ–छैटौँ शताब्दीको स्वर्णयुग गुप्तकालमा निर्माण गरिएको हो। समयक्रममा यस मन्दिरले बर्माका धर्मपरायण राजाहरूबाट निरन्तर संरक्षण, सेवा र पुनःस्थापना प्राप्त गर्दै आयो। उन्नाइसौँ शताब्दीको उत्तरार्ध, विशेषतः इसाब्द १८७०–१८८०-को दशकमा, बर्मी राजा मिन्दोन मिनको संरक्षणमा यस मन्दिरको पुनःस्थापना भयो, जसले यसको प्राचीन गरिमा जोगाइराख्न महत्त्वपूर्ण योगदान पुर्‍याइएको छ। यही समयावधिमा बेलायती पुरातत्त्वविद् सर अलेक्जेन्डर कनिङ्घमले जे. डी. एम. बेगलर र डा. राजेन्द्रलाल मित्रको सहयोगमा वैज्ञानिक तथा विद्वत्तापूर्ण ढङ्गले महाबोधि मन्दिरको पुनःस्थापना कार्य सम्पन्न गर्नुभयो, जसले यस पवित्र स्मारकलाई भावी पिँढीका लागि सुरक्षित गर्‍यो।
आज महाबोधि मन्दिर युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत भई इसापूर्व ५३१-मा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुभएको यस पावन भूमिलाई चिरस्थायी रूपमा चिनाउँदै, यहाँ आउने प्रत्येक श्रद्धालुमा शान्ति, प्रज्ञा र करुणाको सन्देश प्रवाहित गरिरहेको छ।
२. महान् बुद्ध प्रतिमा: ध्यानमुद्रामा विराजमान ८० फिट अग्लो बुद्ध प्रतिमा, जसको वरिपरि उहाँका दस शिष्यका ससाना मूर्ति राखिएका छन्।
३. सुजाता मन्दिर: फल्गु नदीपारि अवस्थित यस स्थलले सुजाताले बुद्धलाई भोजन अर्पण गरेको स्थान भनी चिन्हित गरिएको छ। भोकै रही तपस्या गर्दा कृशकाय बुद्ध लक्ष्यच्यूत बनिसकेका बेला गयाललना सुजाता-प्रदत्त खीर ग्रहण गर्न बाध्य बने। चित्तचेतनाको पछि लागी शरीरलाई नकार्नु नहुने ज्ञान पाएपछि मध्यममार्ग अनुसरण गरीकन महाज्ञान निर्वाणमा पुगे। यसरी कठोर तपस्याको अन्त्य भएको थियो।
४. बोधगयास्थित हरित तारा मन्दिर तथा द्रुक्पा काग्यु: हरित ताराको प्रतिमा तथा २१ तारा मन्दिर, द्रुक्पा काग्यु ङवाङ थुब्तेन छोलिङ झाब्द्रुङ गुम्बा र द्वितीय द्रुक्पा काग्यु मोन्लाम छेनमो।
भृकुटी (तारा; डोल्मा), आर्य तारा (उच्च तारा), जसलाई जेत्सुन डोल्मा (तिब्बतीमा ‘ऱ्जे ब्त्सुन स्ग्रोल मा’ (मुक्तिकी आदरणीया आमा) पनि भनिन्छ, बौद्ध धर्ममा एक महत्वपूर्ण स्त्री बुद्धका रूपमा प्रतिष्ठित हुनुहुन्छ, विशेषतः वज्रयान र महायान परम्परामा उहाँको उच्च श्रद्धा गरिन्छ। महायान बौद्ध धर्ममा उहाँ स्त्री बोधिसत्त्वका रूपमा प्रकट हुन सक्नुहुन्छ। वज्रयान बौद्ध धर्ममा हरित तारा अमोघसिद्धि बुद्धकी सहचारिणीका रूपमा पूज्य स्त्री बुद्ध हुनुहुन्छ। तारा संसारका प्राणीहरूको पुकार सुन्ने र तिनलाई सांसारिक तथा आध्यात्मिक संकटबाट उद्धार गर्ने करुणामयी तारिणी अमोघसिद्धिका रूपमा पनि परिचित हुनुहुन्छ।
भृकुटी लिच्छवि वंशकी नेपाली राजकुमारी तथा इसाब्द ६२२-तिरका तिब्बतका राजा सोङ्त्सेन गाम्पोकी प्रथम रानी थिइन्। भृकुटीलाई हरित ताराको अवतारका रूपमा मानिन्छ, र तिब्बतमा बौद्ध धर्मको प्रचार-प्रसारमा उहाँको महत्वपूर्ण योगदान रहेको विश्वास गरिन्छ।
•डा. दिवाकर प्रधान, बनारस हिन्दु विवि।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ