गोरामुमोले आफ्नो सङ्गठनलाई अनुशासनात्मक ढङ्गमा प्रतिबद्धताको साथमा अघि बढ़ाउने

Share this news

सोनादा,  (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले सांङ्ठन विस्तर गरिरहेको दाबी छ। पार्टीले यस कार्यलाई अघि बड़ाउदै विभिन्न समष्टिमा आफ्नो सांङ्ठनिक विस्तारलाई तिब्रता दिएको छ। यसैक्रममा गोरामुमोको खरसाङ ब्राञ्च कमिटी अन्तर्गत टुङ सन्तमेरिज समष्टिले आफ्नो सङ्गठन विस्तारको कार्यलाई लाई अघि बड़ाउदै टुङ्को आईटीआईमा एउटा सभा सम्पन्न गरेको छ। पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिए अनुसार समष्टि अध्यक्ष मदन छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सभालाई सचिव सन्तोष सुब्बाले सञ्चालन गरेका थिए।

सभा केन्द्रीय समिति सदस्या अमृता छेत्री अनि गोर्खा राष्ट्रिय युवा मोर्चा केन्द्रीय समिति संयोजक आनन्द राईको प्रमुख उपस्थितिमा अनि समष्टिका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो। सभा केन्द्रीय समिति सदस्य, विभिन्न शाखाका पदाधिकारीको भूमिका, संगठन विस्तार, सदस्यता व्यवस्थापन, कार्यकर्ताको भूमिका, अनुशासन सम्बन्धमा केन्द्रीत रहेको थियो। चर्चाको क्रममा संगठनलाई अझ बलियो बनाउन नयाँ सदस्यता प्रक्रियालाई व्यवस्थित गर्ने, संगठनभित्र जिम्मेवारी स्पष्ट गर्ने, अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने विषयमा सहमति भएको थियो।

सङ्गठनात्मक संरचनालाई चुस्तदुरुस्त बनाउन सबै तहका कार्यकर्ताको सक्रिय सहभागिता आवश्यक रहेको विचार व्यक्तहरूले व्यक्त गरेका थिए। बैठकमा उपस्थित केन्द्रीय समितिका प्रतिनिधिहरूले संगठनको नीति, कार्यदिशा र आगामी योजनाबारे जानकारी गराउँदै संगठनको मूल उद्देश्य अनुसार जनमुखी कार्यलाई निरन्तरता दिनुपर्नेमा जोर दिए। उनीहरूले एकता, अनुशासन र समर्पण नै संगठनको प्रमुख शक्ति भएको उल्लेख गरे। समष्टिलाई बलियो बनाउन हेतु समष्टिको मूल सचिव पदमा तिलक राईलाई सर्वसम्मतिले चयन गरियो भने समष्टिको नेतृत्वहरूमा फेरबदल गर्दै नयाँ कार्यकारिणी सदस्यहरू चयन गरिएका छन्‌‍।

सभामा गोरामुमो वरिष्ठ नेता एवं केन्द्रीय समिति सदस्य किशोर राईको निधनमा समष्टिको तर्फबाट एक मिनटको मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। अध्यक्ष मदन छेत्रीले उपस्थित सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै यो सभाले संगठनलाई थप सुदृढ़ बनाउने दिशामा सकारात्मक निष्कर्ष निकालेको बताए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ