अशोक अग्रवाल अध्यक्ष चयन

Share this news

खरसाङ,  (निसं): खरसाङका चिरपरिचित व्यवसायी एवं ठेकादार अशोक अग्रवाल फरेष्ट हिल्स कन्ट्य्राक्टर वेलफेयर एसोसिएशनका अध्यक्षको पदमा चयन भएका छन्‌‍। सोमवार बब्लू लामाको अध्यक्षतामा सम्पन्न भएको एक सभामा अशोक अग्रवाललाई सङ्गठनको अध्यक्ष पदमा चयन गरिएको हो। सङ्गठनको उपाध्यक्षको पदमा बलीराज राई अनि गणेश प्रधानलाई चयन गरिएको छ भने सचिवको पदमा अघिबाटै मृणाल गिरी रहेका छन्‌‍।

सभामा सङ्गठनसित आबद्ध रहेका ठेकादारहरूले सामना गरिरहेका विविध समस्या अनि सांगठनिक विषयमा चर्चा गरिएको थियो। सभाको बारेमा जानकारी गराउदै सचिव मृणाल गिरीले भने, सङ्गठमा केही समयदेखि अध्यक्षको पद रिक्त रहेको थियो। जसको कारण साङ्गठनिक गतिविधिका साथै अन्य कार्य गर्नमा कठिनाई भइरहेको थियो। यस समस्यालाई ध्यानमा राखेर सङ्गठनको सभा भइरहेको थियो। सोमवार सम्पन्न सभमा खरसाङ्का चिरपरिचित व्यवसायी एवं ठेकादारलाई सङ्गठनको अध्यक्षको पदमा चयन गरिएको हो। यसको अतिरिक्त उपाध्यक्षको पदमा बलीराज राई अनि गणेश प्रधानलाई चयन गरिएको छ।

तिनले फरेष्ट हिल्स कन्ट्य्राक्टर वेलफेयर एसोसिएशनको गठन 2011 मा भएको बताउदै आफ्नो स्थापनाकालदेखि सङ्गठनले फरेष्ट विभागको विभिन्न कार्यमा ठेकादारी गरिरहेका ठाकादारहरूको कल्याण अनि समस्यालाई लिएर कार्य गरिरहेको छ, आगामी दिनमा पनि सङ्गठनले यस कार्यलाई जारी राख्ने छ भनी थप बताए।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ