तक्दाह टिस्टाभेल्ली समष्टि, आइजीजेएफको युवा-नारी प्रकोष्ठ गठन

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्ट, तक्दाह टिस्टाभेल्ली समष्टिको युवा अनि नारी जनशक्ति फ्रण्टको सोमबार गठन गरियो। उक्त कार्यक्रम समष्टि अध्यक्ष ब्यानर राईको प्रतिनिधित्वमा साथै समस्त समष्टि प्रतिनिधिगणको सहयोगमा सम्पन्न गरियो। कार्यक्रमको सभापतित्वको भार केन्द्रीय कार्यकारी सदस्य बुद्ध मंगरलाई सुम्पिएको थियो भने सञ्चालनको भार समष्टिको सल्लाहकार सुरज सुब्बाले बहन गरेका थिए।

उक्त कार्यक्रमको मुख्य अतिथिको रुपमा दार्जीलिङ महकुमाका युवा संयोजक राब्गे राई अनि नारी संयोजिका नोरा सुब्बा उपस्थित रहेका थिए। आजको कार्यक्रमको उद्देश्य मुख्यतः समष्टिलाई दह्रिलो बनाउन युवा अनि नारीको सहभागिता अनि एकबद्धता अति नै महत्वपूर्ण रहेको हुन्छ भन्ने थियो।

यो कार्यक्रममा तक्दाह टिस्टाभेल्ली समष्टिको युवा अनि नारी संगठन पुनः गठन भएको छ। उक्त कार्यक्रममा युवा अनि नारी पदाधिकारीलाई दार्जीलिङ महकुमाद्वारा सम्मानपूर्वक नियुक्ति पत्र प्रदान गरी महत्त्वपूर्ण पदभार प्रदान गरियो। उक्त पदभारीगणको नामावली यसप्रकार छन् -युवा जनशक्ति फ्रण्ट, तक्दाह टिस्टाभेल्ली- अध्यक्ष: बादल राई, उपाध्यक्ष: अमरजित गुरुङ, उपाध्यक्ष: निर्मल छेत्री, उपाध्यक्ष: दृश्य गुरुङ, महासचिव: राजेश दर्नाल,सहसचिव: सिद्धु राई, सहसचिव: पुरण राई,सह-सचिव: मार्क्स लोहागुण, मिडिया संयोजक: साइबा गुरुङ, महकुमा प्रतिनिधि: सन्नी सुब्बा, महकुमा प्रतिनिधि: साजन बान्तवा राई।

यसरी नै नारी जनशक्ति फ्रण्ट, तक्दाह टिस्टाभेल्ली समष्टिका अध्यक्ष- पूजा मुखिया,उपाध्यक्ष -योगिता तामाङ (राई), उपाध्यक्ष -रोशनी तामाङ, उपाध्यक्ष -रेणु राई,महासचिव -अञ्जना गुरुङ, बन्दना गुरुङ, सह-सचिव -दिप्ती थापा, सह-सचिव-निर्माया राई, महकुमा प्रतिनिधि -सरु छेत्री,रोशनी तामाङ चुनिएका छन् भने अन्यलाई कार्यकारी सदस्यहरु चयनित गरिएको छ।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ