गोर्खाल्याको माग क्रामाकपाको दिल्लीमा

Share this news

दार्जीलिङ, 10 फरवरी (निसं): क्रान्तिकारी माक्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-को आयोजनामा देशको राजधानी दिल्लीस्थित जन्तर–मन्तर परिसरमा अलग राज्य गोर्खाल्याण्डको मागलाई लिएर एकदिने धर्ना तथा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ भनी क्रामाकपा दिल्ली स्रोतले जनाएको छ। उक्त कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका गोर्खा समुदायका प्रतिनिधि, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्रोतका अनुसार, यो धर्ना प्रदर्शन पहिलो पटक होइन, यसअघि पनि सयौं पटक जन्तर–मन्तर परिसरमा गोर्खाल्याण्डको माग उठाउँदै आन्दोलन गरिँदै आएको छ। तर, पटक–पटक आन्दोलन, ज्ञापनपत्र र प्रदर्शन हुँदासमेत केन्द्र सरकारले यस विषयमा कुनै ठोस कदम नचालेको भन्दै सहभागीहरूले गम्भीर असन्तोष व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्ने वक्ताहरूले गोर्खाल्याण्ड राज्यको आवश्यकता, ऐतिहासिक पृष्ठभूमि तथा गोर्खा जनताको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारबारे प्रकाश पारे। उनीहरूले पश्चिम बंगाल सरकारद्वारा गोर्खा जातिमाथि भइरहेको दमन, उपेक्षा र उत्पीडन दिन प्रतिदिन बढ्दै गएको आरोप लगाउँदै, यस्तो अवस्थामा अलग राज्य नै स्थायी समाधानको एक मात्र विकल्प भएको दाबी गरे।

वक्ताहरूले केन्द्र सरकारप्रति पनि प्रश्न उठाउँदै भने, “बंगाल सरकारले निरन्तर गोर्खा जनताको अधिकार कुण्ठित गरिरहँदा पनि केन्द्र सरकारले गोर्खा मुद्दालाई किन गम्भीरतापूर्वक नलिएको हो? बारम्बार आश्वासन दिने तर व्यवहारमा कुनै कार्यान्वयन नहुने अवस्थाले गोर्खा समुदायमा निराशा र आक्रोश बढ्दै गएको छ।”

क्रामाकपा दिल्ली स्रोतका अनुसार, आगामी दिनहरूमा पनि गोर्खाल्याण्डको मागलाई लिएर आन्दोलनलाई अझ सशक्त बनाइनेछ र केन्द्र सरकारमाथि दबाब सिर्जना गर्न विभिन्न चरणमा कार्यक्रमहरू आयोजना गरिनेछ। पार्टीले गोर्खा जनताको अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिएको छ।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ