गोरामुमो नेता किशोर राईलाई पार्टी अध्यक्ष घिसिङद्वारा श्रद्धाञ्जली

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक सदस्य, केन्द्रीय समिति सदस्य तथा पार्टीका वरिष्ठ नेता किशोर राईको असामयिक निधनमा पार्टी अध्यक्ष मन घिसिङद्वारा शोक व्यक्त गर्दै निजी वासस्थान डाली ब्लुमफिल्ड पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरे। किशोर राईलाई सम्मान जनाउँदै पार्टीको झण्डा अर्पण गरेर पार्टी अध्यक्ष मन घिसिङ द्वारा श्रद्धाञ्जली अर्पण गरे। श्रद्धाञ्जली अर्पण गर्ने क्रममा आफ्नो छोटो बिज्ञप्ति जारी गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले भने, वहाँको निधनले सम्पूर्ण गोर्खा राष्ट्रिय मुक्ति मोर्चा परिवार गहिरो शोकमा डुबेको छ। वहाँको देहावसानले पार्टीले मात्र होइन, सम्पूर्ण गोर्खा समाजले एक कर्मठ, निष्ठावान् र समर्पित योद्धालाई गुमाएको छ।

जाति, माटो र पार्टीप्रति अटुट प्रेम राख्ने वहाँ गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुवास घिसिङसँग नजिक रहेर सन् १९८६ को ऐतिहासिक आन्दोलनकालमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। सङ्घर्ष, त्याग र बलिदानले भरिएको उहाँको जीवनयात्रा पार्टी, संगठन र जनताको सेवामा समर्पित रह्यो। वहाँले पुर्‍याउनुभएको योगदान अमूल्य, अतुलनीय र सधैं स्मरणीय रहनेछ।

कर्तव्यनिष्ठा, इमानदारी र उच्च बलिदानी भावनाले ओतप्रोत वहाँको जीवन हामी सबैका लागि प्रेरणाको शाश्वत स्रोत हो। पार्टीप्रतिको वहाँको अडिग निष्ठा, सङ्घर्षशील सोच र समर्पणले हामीलाई सदैव सत्य, न्याय र सही मार्गमा अघि बढ्न प्रेरित गरिरहनेछ। आफ्नो जीवनको अन्तिम क्षण सम्म पनि वहाँले पार्टीलाई पुर्‍याउनु भएको योगदानलाई पार्टी ले कहिले भुल्ने छैन ।

यस अत्यन्त दुःखद घडीमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा शोकसन्तप्त परिवारजनप्रति गहिरो शोक प्रकट गर्दै हार्दिक समवेदना व्यक्त गर्दछु । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछु भनी पार्टी अध्यक्ष मन घिसिङले आफ्नो बिज्ञप्तिमा जनाएका छन् । किशोर राईलाई श्रद्धाञ्जली अर्पण गर्न आज गोरामुमो केन्द्रीय समिति सदस्यगण , भ्रातृसंगठनका प्रतिनिधिबर्ग साथै गोरामुमो कार्यकर्ताहरुको उपस्थिति रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ