Ladup Ghising's statement that chasing a donkey
Ladup Ghising's statement that chasing a donkey

गधाको पछि लाग्दा जाति बर्बाद हुने लाडुप घिसिङको भनाइ

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य लाडुप घिसिङले, गधाको पछि लाग्नु हुँदैन, जाति बर्बाद हुने बताउँदै आफूहरू अनित थापाको पछि परेका छैनौँ जसले सत्ता–चौकीमा पुग्न जातिको आशा–आकांक्षाको बलि चढाएको बताएकता छन्।
इण्डियन गोर्खा जनशक्ति फ्रण्टको कर्मी सभा निरन्तर रूपमा चल्दै आइरहेको छ। यसैक्रममा यहाँको एक होटलमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको कर्मी सभा सम्पन्न भयो। आयोजित सभामा पार्टी केन्द्रीय संयोजक अजय एडवर्डस विशेष रूपमा उपस्थित रहनु भएको थियो। त्यसैगरी पार्टी केन्द्रीय कार्यकारिणी सदस्य एन.बी. खवास लगायत अन्य केन्द्रीय नेतृत्वहरू, पार्टी कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। उक्त कर्मी सभालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यकारिणी सदस्य लाडुप घिसिङले पहाडको सत्ताका नेतृत्वतर्फ इशारा गर्दै “गधाको पछि लाग्नु हुँदैन, जाति बर्बाद हुन्छ” भन्ने बताए। मिरिक तथा हाम्रो दार्जीलिङ पहाडलाई हेर्दा मलाई एउटा पौराणिक कथाको याद आउँछ। जंगलको राजा सिंह हो। शिकार गरेर आफ्नो पेट भर्नु सिंहको धर्म हो। एक दिन सिंहले शिकार गर्ने क्रममा गधाको एउटा हुल देखेछ। त्यो हुल देखेर सिंहले यस्तो गधाको शिकार के गर्नु भन्ने सोच बनायो। सिंहले मनमनै भन्यो— यो गधालाई खानै पर्छ तर यसको शिकार गरेर हाम्रो समय बर्बाद गर्नु हुँदैन। त्यसपछि सिंहले एउटालाई समातेर राजा बनाई दियो र शर्त राख्यो— “हामी शिकार गर्दैनौँ, तैंले हामीलाई दैनिक रूपमा एक–एकवटा गधा पठाइदिनुपर्छ।”
त्यो गधाले आफू राजा भएको ठानेर झिलिमिली भएर घुम्न थाल्यो र आफ्नो हुलबाट एक–एकवटा गधा सिंहलाई पठाउन थाल्यो। दार्जीलिङ पहाडको अवस्था आज ठीक यही जस्तो भएको छ। गधालाई राजा बनाएर हाम्रो हजारौँ दिदी–बहिनी, दाजु–भाइहरूलाई सिंहको आहार बनाइँदैछ। यस्तो गधाको पछि लाग्नु हुँदैन, नत्र जातिको सर्वनाश हुनेछ। अब तपाईंहरूले पहाडका कुना–काप्चा, ग्रामीण क्षेत्र, चिया बगान, सिन्कोना बगान तथा शहर–बजार चारैतिर यो सन्देश जागरूक गराउनुपर्छ।
आ–आफ्ना क्षेत्रमा आ–आफ्नै किसिमका समस्या छन्। त्यसलाई ध्यानमा राखेर पार्टीले सुगम मार्ग तय गर्न सक्नुपर्छ। बंगाल सरकारले हाम्रा छोरी–चेलीहरूलाई दिउँसै गोली ठोकेर मारेको हो। हामीप्रति उनीहरूको सोच राम्रो छैन। तर दुःखको कुरा, हाम्रै केही मानिसहरू उनीहरूको चाकरी गर्दै आएका छन्। त्यसकारण हामी चारैतिरबाट जोगिएर चल्नुपर्छ।
हिजोको दिन कस्तो थियो, आजको दिन कस्तो छ र भोलिको दिन कस्तो हुनेछ— यी सबै विषयलाई ध्यानमा राखेर हामी अघि बढ्नुपर्छ। त्यसका लागि यस प्रकारका कर्मी सभाहरूको आयोजना भइरहन आवश्यक छ। पहाडको सत्ताका नेतृत्वहरूले हामीमाथि पाँच डेसिमलको पट्टा थोपर्ने काम गरिरहेका छन्। हामीले यस्ता कार्यहरूको विरोध गरेका हौँ। तर हामीले सत्ताका लागि पाँच डेसिमलको विरोध गरेका होइनौँ। हामीलाई सत्ताको लोभ छैन, हामीले गलत भएको कुरालाई औँल्याएका हौँ।
८ फेब्रुअरी गोर्खाल्यान्ड चाहनेहरूका लागि नमिठो दिन हो। यही दिन बंगाल प्रहरीले गोर्खाल्यान्ड समर्थकहरूमाथि गोली बर्साएको थियो, जसमा हाम्रा चेलीहरू शहीद भएका थिए। हामीले यस्ता आन्दोलन धेरै पटक गर्‍यौँ, तर आजसम्म केही प्राप्त गर्न सकेनौँ। हामीले न्याय पाउन सकेनौँ— किन? हामी यही “किन” भन्ने प्रश्नको पछि लागेका हौँ। हामी अनित थापा दाजुको चौकी छिन्ने उद्देश्यले पछि परेका छैनौँ।
हिजो–अस्ति अनित थापा दाजुले एक न्युज च्यानलमा विपक्षीले कसरी अनित थापालाई ढाल्न खोजिरहेको छ भन्ने कुरा राख्नुभएको थियो। तर त्यो सत्ता–चौकीसम्म पुग्न उनले के–के गरेनन् भन्ने कुरा सम्पूर्ण पहाडवासीलाई राम्ररी थाहा छ। हाम्रा कति मानिसहरूको बलि चढाइयो, त्यो सबैको सामु स्पष्ट छ। हाम्रो जातिको आशा–आकांक्षाको हत्या गरेर तिमी त्यो सत्ता–चौकीमा पुगेका हौ।
हामी सबै चिया श्रमिकका छोरा–छोरी हौँ। चिया बगानमा अंग्रेज शासनकालका कानुनहरू आजसम्म लागू छन्। देश स्वतन्त्र भयो, तर चिया बगान श्रमिकहरू आज पनि उन्मुक्तिको मार्ग खोजिरहेका छन्। दिल्ली र कोलकाताको हामीप्रति हेर्ने नजर उस्तै छ। अजय एडवर्डसले जुन भिजन लिएर सडकमा उत्रनुभएको छ, त्यो सोचलाई सम्मान गर्दै पहाड, तराई र डुवर्स चारैतिर फैलाउने काम गर्नुपर्छ।


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ