गोरामुमो टुङ सन्तमेरिज समष्टिको सांङ्ठनिक सभा सम्पन्न

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांङ्ठनिक बिस्तारलाई अगि बडाउदै विभिन्न समष्टिहरुमा आफ्नो सांङ्ठनिक बिस्तारलाई तिब्रता दिएका छन् । यसैक्रममा गोरामुमो खर्साङ ब्राञ्च कमिटी अन्तर्गत टुङ सन्तमेरिज समष्टिले आफ्नो सांङ्ठनिक बिस्तारलाई अगि बडाउदै टुङ आईटीआईमा सांङ्ठनिक सभा सम्पन्न भएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् । समष्टि अध्यक्ष मदन छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सभालाई सचिव सन्तोष सुब्बाले संचालन गरेका थिए । सभामा केन्द्रीय समिति सदस्या अमृता छेत्री ,अनि गोर्खा राष्ट्रिय युवा मोर्चा केन्द्रीय समिति संयोजक आनन्द राईको प्रमुख उपस्थितिमा समष्टिका प्रतिनिधिबर्गहरुको पनि उपस्थिति रहेका थिए ।

बैठकमा केन्द्रीय समिति सदस्य, शाखा पदाधिकारी तथा संगठन विस्तार, सदस्यता व्यवस्थापन, कार्यकर्ताको भूमिका तथा अनुशासनसम्बन्धी विषयमा केन्द्रित रही विस्तृत छलफल गरिएको जनाइएको छ। छलफलका क्रममा संगठनलाई थप मजबुत बनाउन नयाँ सदस्यता प्रक्रियालाई व्यवस्थित गर्ने, संगठनभित्र जिम्मेवारी स्पष्ट गर्ने तथा अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने विषयमा सहमति जनाइएको थियो। साथै, संगठनात्मक संरचनालाई चुस्त–दुरुस्त बनाउन सबै तहका कार्यकर्ताको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

बैठकमा उपस्थित केन्द्रीय प्रतिनिधिहरूले संगठनको नीति, कार्यदिशा र आगामी योजनाबारे जानकारी गराउँदै संगठनको मूल उद्देश्य अनुसार जनमुखी कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनीहरूले एकता, अनुशासन र समर्पण नै संगठनको प्रमुख शक्ति भएको उल्लेख गरे। यसैक्रममा समष्टिलाई बलियो बनाउन हेतु समष्टिको मुल सचिव पदमा तिलक राईलाई सर्वसम्मतिले चयन गरिएका छन् भने समष्टिको नेतृत्वबर्गमा फेरबदल गर्दै नयाँ कार्यकारिणी सदस्यहरुलाई चयन गरिएका छन् । सभामा गोरामुमो वरिष्ठ नेता एवं केन्द्रीय समिति सदस्य किशोर राईको निधनमा समष्टि द्वारा एक मिनटको मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरेका छन् ।बैठकको अन्त्यमा समष्टि अध्यक्ष मदन छेत्रीले उपस्थित सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै बैठकले संगठनलाई थप सुदृढ बनाउने दिशामा सकारात्मक निष्कर्ष निकालेको बताए। बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ