एमआर डिलर्सको समस्या समाधानार्थ खाद्य मन्त्रीसँग छलफल

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) ले दार्जीलिङ र कालिम्पोङ जिल्लाका एमआर डिलर्सहरूले भोग्दै आएका समस्याको समाधानका लागि कदम चालेको छ। जीटीएका प्रमुख कार्यपाल अनित थापाको हस्ताक्षरित पत्र लिएर डेपुटी चेयरम्यान राजेश चौहान कोलकाता पुगेका थिए।आज कोलकातास्थित खाद्य भवनमा चौहानले पश्चिम बंगालका खाद्य मन्त्री रतिन घोष सँग भेट गरी पत्र औपचारिक रूपमा हस्तान्तरण गरे।

पत्र हस्तान्तरणपछि आयोजित बैठकमा एमआर डिलर्सहरूको वर्तमान अवस्था र उनीहरूका गम्भीर समस्याहरूबारे विस्तृत छलफल भएको थियो। चौहानले मन्त्रीको ध्यानाकर्षण गराउँदै भने, “एमआर डिलर्सहरूले लामो समयदेखि आफ्ना माग राख्दै आएका छन्, तर ठोस समाधान भएको छैन। यसैले उनीहरू अनिश्चितकालीन हडतालमा उत्रिएका छन्, जसको प्रत्यक्ष असर सर्वसाधारण जनतामा परिरहेको छ।

“चौहानले अझ भने, “हडतालका कारण खाद्यान्न वितरण प्रणाली प्रभावित भएपछि गरिब जनताले राशन पाउन कठिनाइ भोग्नुपरेको छ।राज्य सरकारले यसको शीघ्र समाधानका लागि संवेदनशीलता देखाउनुपर्छ।”जीटीएले जनसरोकारका विषयमा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै, एमआर डिलर्स र आमनागरिक दुवैको हित हुने गरी समस्या समाधान गर्न राज्य सरकारसँग सकारात्मक पहलको अपेक्षा गरेको छ। बैठक सकारात्मक वातावरणमा सम्पन्न भएको जनाइएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ