Tribute to the great actor Sunil Thapa
Tribute to the great actor Sunil Thapa

नाट्य सम्राट सीके श्रेष्ठले अभिनेता सुनील थापालाई दिए श्रद्धाञ्जली

Share this news

नाट्य सम्राट सीके श्रेष्ठले अभिनेता सुनील थापालाई दिए श्रद्धाञ्जली दिंदै उनको सम्झनामा आफ्नो मन्तव्य दिएका छन्। बलिउडको एकताकाको सुपरहिट फिल्म, कमल हासन अभिनीत, ‘एक दूजे के लिए’- मा खलनायक खेलेपछि सिक्किम फिल्म कर्पोरेशनद्वारा निर्मित नेपाली चलचित्र ‘मशाल’- को टाइटल रोलमा चम्किएका थिए सुनील थापा। डेनी डेंग्जोग्पाले दृष्टिहीन रिटायर्ड फौजीको भूमिका निर्वाह गरेको यस चलचित्रमा मशाल सिंह खत्रीको दमदार अभिनयले नेपाली फिल्म संसारमा नयाँ खलनायकको आगमनको स्पष्ट संकेत दिएको थियो। बंगला सुपरहिट फिल्म ‘बालिका वधु’- बाट ख्याति आर्जन गरेकी रजनी शर्मा नायिका रहेकी यस फिल्मका निर्देशक थिए प्रताप सुब्बा। तर, शायद, आजको जस्तो प्रचार प्रसार माध्यमहरूको अभावमा मशालले भनेजस्तो मार्केट लिन सकेन। तर सुनील थापालाई नेपाली फिल्म जगतका बेजोड़ खलनायक रूपमा स्थापित गर्ने यात्राको पहिलो खुड़किलो भने अवश्यै बन्नगएको थियो चलचित्र मशाल।
एउटै फिल्ममा मात्र सहकार्य गर्न पाए तापनि सुनील भाइसित सम्बन्ध अटूट रहिरह्यो। झन् कालेबुङकै चेलीसित उनको विवाह बन्धन गाॅंसिएपछि त यो सम्बन्ध अझ सुदृढ़ बन्यो। जहाँ जहिले भेट्दा पनि घोर्ले स्वरमा ‘सीके दाइ.. सीके दाइ..! ‘ भन्दै आत्मीयता दर्शाउॅंदै अङ्कमाल गर्ने उनको बानी आज मलाई झल्झली याद आइरहेछ।
मशाल फिल्म मेरो निम्ति यादगार यस कारण पनि छ कि यही फिल्मदेखि मैले नेपाली फिल्ममा गीतकारको रूपमा प्रवेश पाएको हुँ। गाउँले दाइ रञ्जित गजमेरको सङ्गीत निर्देशनमा उदित नारायण अनि साधना सरगमको स्वरमा गाइएको युगल गीत –
‘यो बादल…? पानी बनी पर्ने हो कुनै दिन
अनि पानी…? झरना बनी झर्ने हो कुनै दिन… ‘ – नै मेरो फिल्मी गीतकार जीवनको पहिलो गीत थियो। यस गीतको छायाङ्कनमा उपस्थित सुनील भाइले “डाइरेक्टर साहेब.. यस्तो एउटा गीत त मशाल सिंहलाई पनि दिऊँ न .. हामी पनि त नाच्थ्यौं हिरोइनसित..! ” भन्दै उल्लाह गरेको प्रसङ्ग पनि याद आइरहेछ आज।
मशाल फिल्मका मशाल सिंह खत्री आज रहेनन्। ‘मस्त-मौला’, ‘हंसमुख’ अनि ‘जिंदादिल’ सुनील भाइ अनन्तको यात्रामा हिॅंड़िसकेका छन्। कलाकारहरू आउनेछन् , जानेछन्, तर सुनील थापाले छाड़ेर गएका ‘इमेज’-को छाप भने कलाप्रेमीहरूको मन मस्तिष्कमा सदाकाल रहनेछ – यसमा दुइ मत छैन।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ