पाखा गाउँमा समाज भवनको उद्धघाटन

Share this news

दार्जीलिङ, 7  फरवरी (निसं): रेलिङ पाखा गाउँमा समाज भवनको उद्धघाटन गरिएको छ। हाम्रो गाउँ , हाम्रो समाधान-(आपास) योजना अन्तर्गत पाखा गाउँ रेलिङमा सुधार समाज तथा आदर्श युवा समाजको समाज भवन उद्धघाटन गरिको छ।  रेलिङ ग्राम पञ्चायतका उपप्रधान तथा वार्ड नम्बर 5 का  वार्ड सदस्य एनडी राईको बहुलीबाट विधिवत् रूपमा रिबन काटेर समाज भवनको उद्धघाटन गरेको छ। उक्त समाज भवनको अवस्था  जीर्ण भएका कारण रेलिङ ग्राम पञ्चायतद्वारा हाम्रो गाउँ , हाम्रो समाधान (आपास) योजना अन्तर्गत समाज भवनलाई नवीकरण गरेका छन भने उक्त समाज भवनले क्षेत्रमा दुईवटा समाज क्रमशः सुधार समाज अनि आदर्श युवा समाज, मङ्गर गाउँ, रेलिङले सुविधा पाउनेछन्।
सुधार समाज पाखा गाउँ रेलिङका सभापति सुशील ढकालको अध्यक्ष्यतामा तथा ग्राम पञ्चायतका  उपप्रधान एनडी राईको प्रमुख अतिथ्यामा सम्पन्न भएको उद्धघाटन समारोहमा विशिष्ट अतिथिहरूमा ग्राम सचिव मणिइजम सुब्बा, बिष्णु भण्डारी, शेखर लेप्चा, पुरण छेत्री, जमीन दाता बिष्णु मङ्गर लगायत समाजका सदस्यहरूको व्यापक उपस्थिति रहेको थियोे।
आजको उद्धघाटन समारोहलाई ग्राम पञ्चायतका उपप्रधान एनडी राईले सम्बोधन गर्दै, मलाई यो कुर्सीमा तपाईंहरूले ग्राम पञ्चायत चुनाउमा जिताएर पुर्‍याउनु भएको हो। उक्त फल आज तपाईंहरूले पाउनु भएको छ। हामी सबै मिलेरएकजुट  एक साथ भएर बसाैँ।  यस दिन ग्राम सचिव मणिइजम सुब्बा, बिष्णु भण्डारी आदिले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।
स्मरणरहोस्, केही दिन अघि मात्र यसै वार्ड नम्बर 5 पाखा गाउँ मिलन समाजको समाज घरको पनि उद्धघाटन गरि समाजलाई हस्तान्तरण गरिसकेका छन।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ