Inspection by GTA officials of the construction of labor housing
Inspection by GTA officials of the construction of labor housing

श्रमिक आवासको निर्माण कार्य जीटीए पदाधिकारीहरूद्वारा निरीक्षण

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका माननीय प्रमुख कार्यपाल अनित थापाले व्यक्त गरेका दूरदर्शी सोचले आज व्यवहारिक रूप लिँदै गरेको दावि गरिएको छ। राज्य सरकारको श्रम विभागको सहयोग तथा जीटीएसभाका डेपुटी चियरमेन राजेश चौहानको विशेष पहलमा, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको श्रम विभागद्वारा दार्जीलिङ मोड नजिक डागापुरमा निर्माणाधीन पाँच तल्ले श्रमिक आवासगृहको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ।

उक्त निर्माण कार्यको स्थलगत निरीक्षण राजेश चौहान, सचिव सुदेन छिरिङ भोटिया तथा कार्यकारी निर्देशक श्रीमती सचिता दासद्वारा बिहीबार सम्पन्न गरिएको थियो। निरीक्षणका क्रममा निर्माण कार्यको गुणस्तर, प्रगति र समयसीमालाई लिएर गहन समीक्षा गरिएको थियो।

यो श्रमिक आवासगृह विशेषगरी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन क्षेत्रभित्रका चिया श्रमिकहरूलाई लक्षित गरी निर्माण भइरहेको हो। उपचारका लागि सिलगडी आउनु पर्दा वा आफ्ना नानीहरूलाई विभिन्न परीक्षा दिन ल्याउँदा चिया श्रमिकहरूले भोग्नुपरेका असुविधा, दुःख र समस्यालाई मध्यनजर गर्दै यो महत्वपूर्ण पहल गरिएको हो। आवासगृह सम्पन्न भएपछि श्रमिक परिवारहरूलाई सुरक्षित, सहज र सम्मानजनक बसोबासको सुविधा उपलब्ध हुने विश्वास गरिएको छ।

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सचिव सुदेन छिरिङ भोटियाले प्रमुख कार्यपाल श्रीमान अनित थापाको सोच केवल योजनामै सीमित नरही व्यवहारमा उतारिनु नै यो परियोजनाको सबैभन्दा ठूलो उपलब्धि भएको बताए। उनले भने, “श्रमिकको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित गरिएको यो प्रयास गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको जनमुखी सोचको स्पष्ट उदाहरण हो।”यो श्रमिक आवासगृह केवल एउटा भवन मात्र नभई, चिया श्रमिकहरूको संघर्ष, आशा र सम्मानको प्रतीक बन्ने अपेक्षा गरिएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको यो कदमले श्रमिक समुदायको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास सबैले व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ