अब गोर्खाहरू आफ्नै खुट्टामा उभिनु पर्छ: अजय एडवडर्स

Share this news

हामी गोर्खाहरूलाई केवल प्रयोग मात्र गरिँदै आएको छ। आज म तपाईंहरूको क्षेत्र विजनबारी आएको छु। देश स्वाधीन भएको धेरै वर्ष भइसकेको छ, तर यहाँका बाटोहरूको अवस्था देख्दा निकै चिन्ता लागेर आयो। तपाईंहरूले घरको राशन–पानी यस्ता बाटो भएर घरमा कसरी पुर्‍याउनुहुन्छ होला भन्ने सोचेर म धेरै चिन्तित भएको छु।

आईजेजेएफ कुनै सत्तामा छैन, तर पनि हामी हाम्रो कर्म गरिरहेका छौँ, र कर्मको फल अवश्य पाइन्छ। विधानसभाको चुनाव आउन अब धेरै समय बाँकी छैन। विधानसभाको चुनावपछि तुरुन्तै पहाडका नगरपालिकाहरूको चुनाव हुनेछ, त्यसैगरी जीटीएको चुनाव पनि हुनेछ।

दार्जिलिङ पहाड धेरै समस्याहरूमा डुबेको छ, तर यी समस्याहरूको समाधान इण्डियन गोर्खा जनशक्ति फ्रन्टसँग छ। हामी नेपाली भाषीहरूको इतिहास सधैँ अवहेलित रहँदै आएको छ। हामी नेपाली भाषीहरूलाई हामीभन्दा बलियाहरूले प्रयोग गर्दै आएका छन्।

हिजो बुधबार मैले मेरो फेसबुक एकाउन्टमा बहादुर गुरुङको बारेमा पोस्ट गरेको थिएँ। बहादुर गुरुङ भुटान आर्मीमा कार्यरत थिए। भुटानी नागरिक नेपाली भाषीहरूले भुटानलाई आफ्नो देश सम्झेर बसेका थिए र आज पनि सम्झिरहेका छन्। विगत धेरै वर्षदेखि नेपाली भाषीहरू विश्वका विभिन्न क्षेत्रहरूमा बसोबास गर्दै आएका हुन्। त्यसैगरी भुटानमा पनि नेपाली भाषीहरू बसोबास गर्दै आएका थिए।

भुटानी नेपाली भाषीहरूले भुटानलाई आफ्नो देश मानेर बसेका थिए। तर केही वर्षअघि भुटानले भुटानी भेषभूषा अनिवार्य गर्ने नियम पारित गर्‍यो र नागरिकतामा संकट सिर्जना गर्न थाल्यो। भुटानी नेपाली भाषी नागरिकहरूले “भुटान हाम्रो देश हो” भन्दा रातारात उनीहरूलाई लखेटियो। त्यस अवधिमा बहादुर गुरुङ भुटान आर्मीमा कार्यरत थिए। उनले नेपाली भाषी भुटानीहरूप्रति सहानुभूति देखाउँदा उनलाई ३५ वर्षको कारावास सजाय दिइयो। केही दिनअघि मात्र गुरुङ दाजुको मृत्यु भएको छ।

यी सबै विषयलाई ध्यानमा राख्दै हिजो बुधबार मैले भुटानका राजालाई पत्र लेखेको छु। पत्रमा मैले विगत ३५–४० वर्षदेखि थुनामा परेका नेपाली भाषीहरूप्रति सहानुभूति देखाइदिन अनुरोध गरेको छु।

ब्रिटिस शासनकालमा नेपाली भाषी गोर्खाहरू नुनको सोझो हुन्छन् भनेर गाउँ–गाउँ घुम्दै गोर्खा युवाहरूलाई सेनामा भर्ती गरिन्थ्यो। सेनामा गएका नेपाली भाषीहरूले न त राम्रो पारिश्रमिक पाउँथे, न त मरे कि बाँचे भन्ने खबर नै हुन्थ्यो। नेपाली भाषी गोर्खाहरूले विश्वका विभिन्न स्थानमा आफ्नो रगत बगाएका छन्।

असम, मेघालयजस्ता राज्यहरूबाट नेपाली भाषी गोर्खाहरूलाई रातारात लखेटिएको थियो। यही अन्याय देखेर सुवास घिसिङले सन् १९८६ मा अलग राज्य गोर्खाल्यान्डको आन्दोलन सुरु गरेका हुन्। यिनै घटनाले चोट पुगेपछि उनले गोर्खाहरूको पनि अलग राज्य हुनुपर्छ भन्दै गोर्खाल्यान्ड आन्दोलन सुरु गरेका थिए।

सुवास घिसिङले गोर्खाल्यान्ड आन्दोलन सुरु गरेको ४० वर्ष नाघिसकेको छ, तर हामीले त्यो आन्दोलनलाई एक इन्च पनि अघि बढाउन सकेका छैनौँ। आजसम्म पनि हामी भारतीय गोर्खाहरूलाई शंकाको नजरले हेरिन्छ।

आज हामी तपाईंहरूको गाउँ–गाउँमा आइरहेका छौँ—यी कुरा सम्झाउन आएका हौँ। ब्रिटिसहरू त पहाड छोडेर गइसके, तर आजसम्म चिया बगानहरूमा ब्रिटिसकालीन सोच यथावत छ। ‘बडा साहेब’ र ‘छोटा साहेब’को डर र आतंक अझै कायम छ।

२ सय ५० रुपैयाँको ज्यालामा हामी पिसिँदै आएका छौँ—यो शोषण हो। हामी भारतीय नागरिक हौँ। भारतको संविधानले परिवार पाल्न र छोराछोरीलाई राम्रो शिक्षा दिन सक्ने ज्यालाको व्यवस्था गरेको छ, तर चिया बगानहरूमा त्यो व्यवस्था आजसम्म किन लागू भएको छैन?

हामीलाई ‘वीर गोर्खा’ भनेर गर्व गराइन्छ, तर वीर गोर्खाहरूको पीडा कसले बुझ्छ? गोर्खा जातिको भविष्य टुंग्याउन जनमत चाहिन्छ।

भारतीय जनता पार्टीले गोर्खाहरूको लागि केही गर्ला भन्ने आशा हामी सबैले गरेका थियौँ। मैले पनि आशा गरेर भाजपालाई भोट दिएको हुँ। सन् २०१९ मा राजु विष्टलाई जिताउनेहरूमा म पनि एक हुँ। तर ठूलो माछाले सानो माछा निलिरहेकै छ। भाजपाले गोर्खाहरूलाई न त वास्ता गर्छ, न माया।

हामी डेढ करोड गोर्खा भनेर छाती फुलाउँछौँ, तर यथार्थ हेर्ने हो भने लोकसभा र राज्यसभा गरेर जम्मा करिब ८ सय सांसद छन्, जसमा हाम्रो प्रतिनिधित्व आधा सांसद बराबर मात्र छ। पश्चिम बंगाल विधानसभामा ३९४ विधायकहरूमध्ये हाम्रो केवल ३ जना विधायक छन्। गोर्खाहरूको पक्षमा बोल्ने कोही छैन।

पश्चिम बंगालमा भाजपा सत्तामा आउन खोज्दैछ। के भाजपाले पहाडका ३ वटा सिटका लागि बाँकी सिटहरू त्याग्ला? भोलि बंगालमा भाजपा सत्तामा आए पनि सत्ता शुभेन्दु अधिकारीको हातमा जानेछ। जसको सरकार बने पनि बंगाल विभाजन हुनु हुँदैन भन्ने सोच उनीहरूको मन–मस्तिष्कमा स्पष्ट छ। त्यसैले बंगालमा भाजपाकै सरकार बने पनि गोर्खाहरूमाथि भइरहेको शोषण र दमन यथावत रहनेछ। यसैले अब हामी आफ्नै खुट्टामा उभिने प्रयास गर्नुपर्ने अजय एडवडर्सले

बताए।


Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ