सुम्निमा पारुहाङ माङ्खिम समितिद्वारा साकेला पालन

Share this news

खरसाङ, (निसं): सुम्निमा-पारुहाङ सार्वजनिक माङ्खिम समितिद्वारा खरसाङ महकुमा अन्तर्गत लोवर सिटोङ एकमा साकेला चाढ पालन गरेको छ। कार्यक्रममा सिटोङ, घलेटार, माना, मामरिङ, थाम, लाटपञ्चर, मङ्पु, सालुगढा, जलपाइगुढी, नेपाल आदि स्थानका विशेष व्यक्तित्वहरूको बाग्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता समितिको सभापति सनमान लुगुनले गरेका थिए भने प्रमुख अतिथिको रुपमा उत्तम राई उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिहरूमा सरोज राई, विक्रम राई, रतन गुरुङ, सुशील सुब्बा, घनश्याम राई, वसन्त राई, उदय थुलुङ, निलेश राई, राजेश राई, गोबिन राई, सुनिल, बीरमान राई आदि विशेष व्यक्तिहरू उपस्थित रहेका थिए। कार्यक्रमको थालनीमा सबै अतिथिहरूलाई खदार्पण गरेपछि माङ्पाहरूद्वारा माङ्खिममा पूजाअर्चना गरेका थिए।

त्यसपछि स्वागत भाषण सोमबहादुर राईद्वारा राखिएको थियो। कार्यक्रममा क्रमैले सिल्ली, लाक (नृत्य) प्रस्तुत गरेका थिए भने कार्यक्रममा रोहिनी राई, प्रणेश खाप्तुवा र वसन्त राईले किराँती खम्बुहरूको सिल्ली, संस्कार विधि, साँस्कृतिक पक्षमाथि सम्बोधन गरेका थिए।कार्यक्रममा उत्तम राईलाई सम्वर्द्धना पत्र, सिल्लीकारहरूसहित सङ्घ-संस्थानका प्रतिनिधिहरू मायाको चिनो समितिको पक्षबाट प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा कार्यक्रम अध्यक्ष सनमान राईले साकेलाको महत्त्वसहित धन्यवाद सम्बोधन राखेका थिए। कार्यक्रम सञ्चालन नितेश राईले गरेका थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ