लाभार्थीहरूले राशन नपाउने भए

Share this news

खरसाङ,  (निसं): यो हप्ता सार्वजनिक वितरण प्रणालीका लाभार्थीहरूले राशन पाउनेछैनन्‌‍। एमआर शप डिलरहरूले डाकेको अनिश्चितकालिन बन्दको कारण यो हप्ता राशन वितरण नगरिने सूचना एमआर शप डिलरहरूले लाभार्थीहरूलाई पठाइरहेका छन्‌‍ भने कतिपय एमआर शप डिलरले मौखिक रुपमा लाभार्थीहरूलाई जनाइरहेका छन्‌‍। वर्तमानमा दार्जीलिङ अनि कालेबुङ जिल्लाका एमआर शप डिलरहरूको आन्दोलन चलिरहेको छ। एमआर शप डिलरहरूले आफ्नो विविध मागको निम्ति गरिरहेको आन्दोलनपछि अहिलेसम्म केही हल निस्किएपछि एमआर शप बन्द गरेर आन्दोलनलाई अझ बल प्रदान गरिएको छ।

आन्दोलनको क्रममा एमआर शप बन्द बोलाइएको कारण यो हप्ता लाभार्थीहरूलाई राशन वितरण नगरिएको हो भनी खरसाङका कतिपय एमआर शप डिलरहरूले बताएका छन्‌‍। खरसाङ्का कतिपय एमआर शप डिलरहरूले यस हप्ताको राशन आफ्नो एमआर शपमा आइसकेको भए तापनि कतिपयले पुरा नआइसकेको पनि बताए। एमआर शप डिलरहरूले आफूहरूले विविध समस्याको सामना गर्न परिरहेको बताउदै एमआर शपहरूलाई प्रदान गरिने कमिशन अति कम रहेकोले कमिशन बढ़ाउन पर्ने डिलरहरूको माग रहेको, समतलको तुलनामा पहाड़मा यातायत, श्रमिक खर्च अधिक रहेकोले यसमा पनि विभागीय पक्षले विचार गर्नु पर्ने, राशन गोदामबाट राशन ल्याइन्दा कतिपय बोरामा आँटाको प्याकेट फुटेको हुन्छ, कुनै समय चिनीको बोरा चुहेको हुन्छ, फुटेको आटाको प्याकेट लाभार्थीहरूले लिन मान्दैनन्‌‍, यस प्रकार फुटेको आँटा, पोखिएको चिनी, चामलको भरपाई विभागले गर्न मान्दैनन्‌‍। यसले हामी धेरै मर्कामा परेका छौँ भनी बताए। पहाड़मा कतिपय एमआर शप सड़कदेखि निकै टाड़ोमा रहेका छन्‌‍। ती एमआर शप डिलरहरूले श्रमिक लगाएर बोकाएर राशन आफ्नो एमआर शपसम्म लैजान पर्छ, यसको निम्ति अतिरिक्त खर्च विभागबाट पाइन्दैन। वर्तमानमा राशन वितरणको कार्य डिजिटल भएको छ, डिजिटल भएपछि कतिपय एमआर शप डिलरहरूले अज्ञानताका कारण गल्ती गरेका छन्‌‍, त्यो गल्तीबाट भएको नोक्सान तिनीहरू आफैले भरपाई गर्न परिरहेका छन्‌‍। वर्तमानमा लाइसेन्स नविनीकरणको प्रक्रियाले पनि एसआर शप डिलहरूलाई समस्यामा पारेको गुनासो डिलरहरूले गरे। यसो हुँदा एमआर शप डिलरहरू समस्यामा छन्‌‍ भन्ने डिलरहरूको गुनासो छ।

कतिपय एमआर शप डिलर एअआर शप डिलरशीप छोड़न चाहान्छन्‌‍ तर विविध तक्निकी उलझनको कारण छोड़न सकिरहेका छैनन्‌‍। यस्ता विविध समस्याहरूको कारण एमआर शप डिलहरूले आफ्नो सङ्गठनको माध्यमबाट आन्दोलन गरिरहेका छन्‌‍ भनी बताए। हाम्रो मागमा सरकारले विचार गरेर समाधान नगरेसम्म हामी राशन वितरण नगर्ने पक्षमा छौँ। आगामी 6 फरवरीको दिन जीटीएको एक प्रतिनिधि टोलीसित एमआर शप डिलरहरूको संगठनको प्रतिनिधि कलकत्ता गइरहेको बताउदै कलकत्ता भ्रमणपछि यस दिशामा समाधान निस्कने आशा प्रकट कतिपय एमआर शप डिलरले गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ