First Three Day Meet Open Badminton by Gorkha Way So 'Himal'
First Three Day Meet Open Badminton by Gorkha Way So 'Himal'

गोर्खा वे सो ‘हिमाल’द्वारा पहिलो तीनदिने मिलनमोड़ खुला बेडमिन्टन

Share this news

मिलनमोड़को शिशाबारी गोर्खा वेलफेयर सोसाइ‌टी ‘हिमाल’ आन्तरिक रंगमञ्चमा तीनदिवसीय पहिलो मिलनमोड़ खुला बेडमिन्टन खेल एक ऐतिहासिक प्रदर्शनको आयोजन गरिएको थियो। गोर्खा वेलफेयर सोसाइ‌टीको स्पोर्टस कमिटिद्वारा यस खेल आयोजन गरिको थियो। जसमा खेलाड़ीहरू दार्जीलिङ, कालिम्पोङ, मिरिक, जलपाईगड़ी, कलकता, सिक्किम आदि इलाकाहरूबाट सहभागी भएका थिए। प्रतियोगीहरूको उमेर समूह 70-80-90 ₹ 100 बीचमा खेल राखिए‌को थियो। बिजेताहरूः 70 वर्गमा रूपक अनि पापन, 80 वर्गमा शान्तनु अनि आलेन, 90 वर्गमा शान्तनु अनि स्वपन रहेका थिए भने 100 वर्गमा शान्तनु अनि ग्यालसेन बिजेता बनेका थिए। गोर्खा सोसाइटीका स्पोर्टस कमिटिका सदस्यहरूमा श्रीमान ज्ञानु लिम्बु (Co-Ordinator), श्रीमान बसन्त उपाध्याय (Convenor) र अन्य सदस्यहरूकै सक्रियतामा यस खेल सम्पन्न हुन सकेको थियो। यसमा श्रीमान उद्धव नेउपाने, (संयुक्त सचिव) र श्री कृष्ण कुमार भुजेल, कोषाध्यक्षको पनि उत्तिकै सक्रियता थियो।

पहिलो दिनको खेलको आरम्भ सोसाइटीका अध्यक्ष कर्णेल पी. के. शर्माको अध्यक्षतामा भएको थियो। मुख्य अतिथिमा श्रीमान रोशन कान्त घिसिङ, (Siliguri Gymkhana Club) सिलगढ़ी जिमखाना क्लबका संस्थापक र वर्तमान सीइओको उपस्थिति रहेको थियो। घिसिङ यस भेकमा टेनिस र स्पोर्टसको क्षेत्रमा विशेष खेलको प्रशासनको निम्ति चर्चित व्यक्तित्व हुन्। यसदिन सोसाइटीका सदस्यहरुद्वारा सोसाइटी गीत (Society Anthem) गाइएको थियो। दीप प्रज्वलन पश्चात सोसाइ‌टीका अध्यक्ष कर्णेल प्रशान्त कुमार शर्माद्वारा स्वागत भाषणपछि मुख्य अतिथि श्रीमान रोशन घिसिङद्वारा गहकिलो वक्तव्य प्रस्तुत गरिएको थियो। गोखा सोसाइटीका स्पोर्टस कमिटिका को-अर्डिनेटर श्रीमान ज्ञानु लिम्बु र मुख्य अतिथि बीचको खेलबाट खेलको उद्‌घाटन गरिएको थियो।

दोस्रो दिन विशेष अनि मुख्य अतिथिको स्थानमा यसै संस्थाका पूर्व अध्यक्ष डाक्टर सिद्धिराज शर्मा उपस्थित रहेका थिए। हाल उनी प्रमुख सल्लाहकार एवं प्रमुख संरक्षकको रूपमा सोसाइटीमा संलग्न रहेर आएका छन्। यस सोसाइटीमा डा. एस.आर. शर्माको भूमिका तन-मन र धनले उनको संरक्षणमा नै गोर्खा जातिभित्र असमान संरचनामा नै यस गोर्खा वेलफेयर सोसाइटीले दिन प्रतिदिन मौलो रूप धारण गरि रहेको छ। उनको गहकिलो छोटो वक्तव्य पश्चात खेल आरम्भ गरिएको थियो।
यसको सञ्चालनमा श्रीमान् अनिल लोपचन, श्री ज्ञानु लिम्बु, श्री बसन्त उपाध्याय अनि शुत्री सोनल जोशी अनि अन्यान्य थिए। श्री युवराज शर्मा, श्री योगेन राई, श्री सिद्धान्त शर्मा, श्री शंकर छेत्री, श्री तनुज शर्मा, श्री नवराज कार्कीको संयोजनामा तीनदिने खेल सुचारू रूपमा सम्पन्न हुन सकेको थियो।

तेस्रो र अन्तिम दिनको फाइनल खेल खेलिएको थियो। यसदिन लिटल एञ्जल स्कूलका संस्थापक डाइरेक्टर श्रीमान् दिपक नेउपानेका मुख्य अतिथिको रूपमा उपस्थिति रहेको थियो। शिक्षा प्रचार-प्रसारको निम्ति उनको विशेष आफ्नो जाति समाज साथै समुहमा ठूलो योगदान छ। उनकै नेतृत्वमा यस स्कूल उन्नतिको शिखरमा पुगिसकेको छ। उनको सारगर्भित वक्तव्यपछि खेलको आरम्भ गरिएको थियो। तिनै दिन हिमालमा दर्शक र खेलाड़ीहरूको भरिभराउ भएको थियो। समाजका गणमान्य एवं अभिभावकगण सम्पूर्णको उपस्थिति रहेको थियो।

गोर्खा वेलफेयर सोसाइ‌टीका सक्रिय भएर कार्य गर्ने र यसलाई सफल पार्नमा भूमिका निर्वहन गर्नेहरूमा सर्वश्री भिम जोशी, कृष्ण भुजेल कोषाध्यक्ष बी.बी. प्रसाई, श्रीमती निर्मला जोशी, श्रीमती मावा प्रसाई, सुश्री शर्मिला शर्मा, श्रीमती अर्चना छेत्री, श्री तारा प्रसाद जोशी, श्री भिष्म थपलियाको सक्रियता रहेको थियो। कार्यक्रमका उद्घोषणा श्रीमती मिना शर्मा, श्रीमती लोचना मैनाली (प्रसाई)ले गरेका थिए, जसमा समय-समयमा श्री उद्धव नेउपानेले साथ दिएका थिए।
यस टुर्नामेण्टमा मेघालयको राजधानी शिलाडबाट श्री मधु सुदन सिंह रावत, मेघालय विद्युत विभागका डाइरेक्टर Director] Chief Examinor पनि तीनै दिन उपस्थिति दिएर खेल रोचकताका साथ अवलोकन गरेका थिए। निवृति मेडिकलका डा. करण जोशीको पनि उपस्थिति रहेको थियो। यस आयोजनामा विभिन्न संघ-संस्थाका सदस्य एवं पदाधिकारीको पनि उपस्थिति रहेको थियो।

त्रिवेणी संस्कृत वेद विद्यापीठका सचिव श्रीमान् राजेन सुवेदी, एवं रियल इस्टेटका श्री राजेन भण्डारीको उपस्थिति रहेको थियो। गोर्खा सोससाइटीका अध्यक्ष एवं सचिव क्रमैले कर्णल पी.के. शर्मा र प्रा. बी.आर. जोशीको बाहुलीबाट पारितोषिक वितरण भएको थियो। अन्तमा यस सोसाइटीका सचिव प्रा. बी.आर. जोशीको औपचारिक धन्यवाद ज्ञापन पश्चात कार्यक्रमको समापन भयो।

गोर्खा वेलफेयर सोसाइटी, शिशाबारी, मिलनमोड़मा स्थित एक विशाल भूमिमा रहेको गोर्खाको ठूलो धररोहर हुन गएको छ। युवा पीढ़ीका सर्वाङ्गीन विकाश यसको मुख्य उद्देश्य रहेको छ। आज पर्यन्त यस प्राङ्गणबाट युवाहरूकै निम्ति कार्यक्रम गरि आएको छ। गत नोभेम्बर महिनामा अन्तर विद्यालय बेडमिण्टन टुर्नामेन्ट आयोजन गरिएको समाचार सूचित गरिएको थियो। आगामी दिनमा छिट्टै हुने Gorkha Auditorium विशाल Project-को संरचना गरी कागजपत्रका कार्यहरू अघि बड़िरहेको जानकारी दिइयो। ‘हिमाल’ लगभग 5000 Sqft. आन्तरिक रंगमञ्च सोसाइ‌टीकै आफ्नो प्राङ्गणमा स्थित छ। यस धरोहरलाई सम्पूर्ण गोर्खाहरूको धरोहर मानिएको छ। सोसाइटीले यस महत कार्यमा सबै गोर्खाहरू जड़ित भए शोधातिशिघ्र विकाश हुने विश्वास राखेको छ। यो समाचार सोसाइटीका सचिव प्रा. बी.आर. जोशीद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ