Observance of February World Cancer Day by the social worker "Sahara Trust".
Observance of February World Cancer Day by the social worker "Sahara Trust".

समाजसेवी “सहारा ट्रस्ट”द्वारा फरवरी विश्व क्यान्सर दिवस पालन

Share this news

विश्व क्यान्सर दिवसको उपलक्ष्यमा “सहारा ट्रस्ट”द्वारा कालेबुङका विभिन्न संघ-संस्थाहरूलाई लिएर क्यान्सर बारे जन चेतनामूलक कार्यक्रमको आयोजन बुधबार गरिएको थियो। ट्रस्टको प्रेक्षा गृहमा राखिएको कार्यक्रममा मुख्य अतिथि एवं प्रावाचक डा. एस. के. सिंह, कालेबुङ अस्पताल उपस्थित रहेका थिए। कार्यक्रम सहारा ट्रस्टका संस्थापक श्री वाइ. टी. नाम्चू अनि वरिष्ठ सल्लाहकार श्रीमती दीपा रानी ठकुरीको विशेष उपस्थितिमा भएको थियो भने विशिष्ट अतिथिमा पास्टर श्रीमती सुमित्रा राई अनि टोलीको पनि बाक्लोउपस्थिति रहेको थियो। आजको कार्यक्रममा ट्रस्टका सदस्य /सदस्यहरू दार्जीलिङबाट पनि उपस्थित थिए। आजको कार्यक्रमको मुख्य उद्देश्य भने “आफ्नो घर गाउँ, सहर, जिल्ला, राज्य, राष्ट्रिय,” भरि नै फैलिरहेको घातक बिमारी क्यान्सर बारे मानिसहरूलाई जनचेतना गराउनु थियो…यो भयानक बिमार लागेपछि यसमा रगतको मात्रामा कमी आउने, प्लेटलेट घट्ने, वजन घटने र यसलाई कसरी नियन्त्रण गर्नुपर्छ, कस्तो खानपान गर्नुपर्छ भन्ने बारे विस्तृत जानकारी ट्रस्टकै सचिवले आफु भेलोरमा 18 महिना बिरामीलाई स्यार सुसार गरेर आएको अनुभाव विस्तृत रूपमा जानकारी दिए। बिमारी लागेपछि बिमारीलाई मात्र नभएर बिमारीको परिवार साथै गाउँघरका मानिसलाई पनि धेरै कष्ट हुने गर्छ कारण हाम्रो गाउँघरका मानिसहरुले बिमारीको लागि छुटटै कोष संग्रह गरेका हुँदैन। यसर्थ बिरामी उपचार हेतु कोष कहाँबाट पाइन्छ कसरी पाइन्छ भन्ने बारेमा भन्ने ट्रस्टकै अध्यक्ष योगेश थापाले आजसम्म नि:शुल्क गर्दै आइरहेको सेवाको जानकारी दिए। सरकारी सहुलियत जो मुख्यमन्त्री रिलिफ कोष, प्रधानमन्त्री रिलिफ कोष, रतन टाटा रिलिफ कोष अनि अम्बेडकर ट्रस्ट कोषको कसरी र क-कसले सहुलियत पाउनु सकिन्छ भन्ने बारे विस्तृत जानकारी गराइएको थियो। यदि कसैलाई सी. एम. सी. भेलोरमा उपचार गराउनु छ भने सहारा ट्रस्टद्वारा साधारण डक्टरको एपोइनमेन्ट ट्रस्टकै कोषबाट गरिदिँदै आइरहेको र आउँदो दिनहरूमा पनि गरिदिने छ भन्ने विश्वस्त गराए। यसरी नै आजका मुख्य अतिथि एवं प्रावाचक डा. एस. के. सिंहद्वारा जनमानसलाई धेरै चेतनामूलक सन्देश, ज्ञानहरू दिइएको थियो। साधारण बिमारीहरूलाई हेलचक्राई नगरेर डाक्टरको सरसल्लाह परामर्श लिएर त्यसलाई सुरुमै अन्त्य गर्ने सुझाउ उनले दिए अनि स्त्री पुरुष दुवैलाई क्यान्सर कसरी हुन्छ यो बारे पनि विस्तृत जानकारी दिए अनि खानपानमा कसरी नियन्त्रण गर्नुपर्ने अनि जनमानसले प्लास्टिक विशेष प्रयोग नगरेकै उचित भन्ने बारे सुझाउ दिए। प्लास्टिक मुक्त भारतको अभियानलाई ध्यानाकर्षण गर्दै सहारा ट्रस्टले “चियाको प्रयोगको लागि” माटो”को गिलासहरु प्रयोग गरेर जनसाधारणलाई माटो”को गिलास प्रयोग गर्ने आह्वान पनि गरेl
ट्रस्टका वरिष्ठ सल्लाहकार श्रीमती दिपा रानी ठकुरीले पनि जुन प्रकारको कार्य भयो यो कार्य कालेबुङमा क्यान्सर रोकथाम बारे पहिलो चोटी सहारा ट्रस्टद्वारा भएको जानकारी दिइन् अनि आउँदो दिनमा पनि यस कार्यक्रमलाई गाउँ, शहर, अनि विभिन्न ठाउँहरुमा पनि गर्ने उनले सुझाउ दिइन्।
यसरी नै ट्रस्टका वरिष्ठ संरक्षक वाइटी नामचुले आजको जनचेतना कार्यक्रम साधारण नभएर असाधारण भएको बताए। आगामी दिनहरूमा चेतनामूलक कार्यक्रम गरिरहने बताए। उपस्थित महानुभावहरूलाई ट्रस्टकै उपस्थित सदस्य/ सदस्यागणहरूलाई अनि बिशेष नि:स्वार्थ भावना लिएर आई आजको कार्यक्रमलाई सफल तुल्याउन योगदान दिएकामा डाक्टर सिंहलाई आभार व्यक्त गरिएको योगेश थापाले जानकारी दिएका छन्।।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ