दार्जीलिङ, 5 फरवरी(निसं): सोसियल कञ्जर्भेसन विभाग दार्जीलिङको पक्षबाट लामाहट्टा कल्सटर अन्तर्गत पर्ने सिंग्रीताम, मानेडाँडा अनि लामाहट्टा ग्राम पञ्चायत क्षेत्रका 216 जना कृषकहरुले पचास केजी भर्मी मल अनि चारवटा गरेर अभागाडोको ग्राफ्ट गरिएको विरुवाहरु प्रदान गरियो।
उक्त समानहरु आज लामाहट्टा ग्राम्नो पञ्चायत क्षेत्रका किसानहरुलाई चप्लेटी फाट्क,पेशोक रोडमा वितरण गरिएको थियो भने सिग्रीम्ताम अनि मानेडाँडा ग्राम पञ्चायतका कृषकहरुलाई 7 माइल फाट्क तकदाह-ग्लेनवर्ण पीडब्लुडी रोड छैउ वितरण गरिएको सिंग्रीताम ग्राम पञ्चायत पाँचका सदष्य धिरज राईले जनाएका छन् ।
विशेष, यो भन्दा अघि पनि आईफल र आरुचाको विरूवाहरु पनि वितरण गरिएको थियो भने अझै धेरै समानहरु वितरण गरिने बताइएको छ। सदस्य राईले यी समानहरु यस्ता किसानहरूलाई वितरण गरिएको हो जसले अस्सी डेसीमल भन्दा माथिका कृषकहरुलाई वितरण गरिएको थियो भने गत वर्षमा नै उनीहरुले आफ्नो कागज-पत्र विभागलाई आ-आफ्नो ग्राम पञ्चायत कृषि एवं पशु विकास सम्पदा सन्चालक उपसमितिलाई बुझाई सकेर पञ्जिकृत भएका थिए । सिंग्रीताम ग्राम पञ्चायत संसद संख्या पाँचका संसद सदस्य कृषि एवं पशु विकास सम्पदा संचालक उपसमिति धिराज राईले बताए अनुसार यी वितरण गरिएका समानहरु सोसियल कञ्जर्भेसन विभागको माध्यमबाट गत वर्ष अप्रेल महिनाबाट विभिन्न प्रकारका समानहरु जस्तै कुखुराका चल्ला 250 केजी गरेर चारो, ग्राफ्टेट सुन्तला बिरुआ, निम्बु,तोरी, जमिन को उत्पादन हेतु नाइट्रोजन को निम्ति बोडी,भर्मी बेड,मौरीको दुईवटा डुड,दश वटा आईफलको बिरुवा वितरण गरिसकेको कुरो बताए ।उक्त वितरण सोसियल कञ्जर्भेसन विभागबाट निर्देशक पीएम बस्नेत, सिंग्रीम्ताम ग्राम पञ्चायत संसद संख्या पाच का संसद सदस्य एवं सञ्चालन धिराज राई, माने डाँडा ग्राम पञ्चायतका उपा प्रधान निथियल लेप्चा सिग्रीम्ताम र माने डाँडा ग्राम पञ्चायतका निम्ति सात माइल मा वितरण गरियो भने लामा हट्टा ग्राम पञ्चायतका कृषकहरुको निम्ति चिप्लेटी पेशोक रोडमा बाँडिने कार्य भयो जसमा लामा हट्टा ग्राम पंचायत का संसद सदस्य एवं सञ्चालक कृषि एवं पशु बिकास सम्पदा उपासमिति लह्मु शेर्पा एवं संसद सदस्य किसान बीकेको उपस्थिति मा वितरण गरियो ।अझै ती 216 जना कृषकहरुले भर्मी वाम,कृषि चुना तथा अन्य समानरु पाउने जानकारी संसद सदस्य धिराज राईले दर्पणलाई बताए।












