सभासद् श्याम शेर्पाद्वारा माध्कयमिक परीक्षार्थीहरूमा कलम र मिठाई विदरण

Share this news

खरसाङ, (निसं)ः खरसाङ शहर चिम्नी देवराली समष्टिका सभासद्‌‍ श्याम शेर्पाले अखिल भारतीय विध्यार्थी महासंघका प्रतिनिधिहरूको साथमा माध्यमिक परीक्षा दिने विद्यार्थीहरूलाई कलम अनि मिठाई वितरण गरे। सोमवार मध्यमिक परीक्षाको पहिलो दिन सभासद अनि विद्यार्थी महासंघका प्रतिनिधिहरूले प्रत्येक परीक्षा केन्द्रमा पुगेर विद्यार्थीहरूलाई कलम अनि मिठाई वितरण गरेका हुन्‌‍।

कलम अनि मिठाई वितरणको कार्यक्रममा सभासद्‌‍ श्याम शेर्पाको साथमा विद्यार्थी महासंघका खरसाङ महकुमा उपसभापति प्रशान्त शर्मा, खरसाङ महाविद्यालयका समन्वयक हिमाल खवास, अध्यक्ष आयुष छेत्री, दार्जीलिङ पोलेटेक्निस संस्थानका अध्यक्ष संस्कार छेत्री अन्य प्रतिनिधिहरू डेविस छेत्री, दयाराम शर्मा, देवाशीष जोसी सामेल थिए।

पहिलो दिनको परीक्षा लेख्न आएका विद्यार्थीहरूलाई यसरी कलम अनि मिठाई वितरण गर्नुको उद्देश्य परीक्षाको पहिलो दिन विद्यार्थीहरूमा रहेको तनाउको स्थितिलाई कम गर्नु र प्रोत्साहन प्रदान गर्नु हो भनी सभासद्‌‍ श्याम शेर्पाले बताए। तिनले भने, हामी सबैलाई थाहा छ, परीक्षाको पहिलो दिन मनमा एक प्रकारको डर रहन्छ। धेरै विद्यार्थीहरू यस दिन मानसिक तनाउमा रहने गर्छन्‌‍। विद्यर्थीहरूलाई यसरी परीक्षाको पहिलो दिन एउटा कलम भए पनि उपहार दिएर मिठाई दिइ भलाकुसारी गर्दा उनीहरूको मन-मस्तिष्कबाट तनाउ हटेर जानेछ भन्ने हामीलाई विश्वास छ। अहिले प्रतिस्पर्धाको युग हो, विद्यार्थीहरूले यस प्रतिस्पर्धाको युगमा राम्रो अंक ल्याएर परीक्षा उत्तीर्ण गर्न आवश्यक छ, यस प्रकारको प्रोत्साहनले यस दिशामा केही टेवा मिल्छ भन्ने हाम्रो विश्वास पनि छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ