दार्जीलिङ, 1 फरवरी(निसं): दार्जीलिङ पहाडको ग्रामीण अनि शहरी क्षेत्रमा एसआईआर(स्पेसिय इन्सेन्टिभ रिभिजन) प्रक्रियाको हेरिङ चलिरहेकोछ। यस हेरिङ प्रक्रियामा मतदाताहरुले विभिन्न प्रकारको समस्याको सामना गर्नुपरिरहेकोछ भने विशेष मतदाताहरुको पिताको नाम नमिलेको भन्ने समस्या रहेकोछ भने कतिपय मतदाताहरुको बाबू-छोरा अनि बाजे नातिको उमेरमा निक्कै फरक साथै अधिक छोरा-छोरीको पिता भएको जस्ता समस्याहरु रहेको कारण उनीहरुलाई हेयरिङ वा सुनुवाईमा बोलाइएको जानकारी प्राप्त भएकोछ। यसै क्रममा तकलिङ्ग-पेशोक समष्टि अधीनस्थ रहेको टिस्टा ग्राम पञ्चायतको नौ वटा वार्डहरुका मतदाताहरुको स्पेसियल इन्सेन्टिभरिभजन(एसआईआर)-को हेयरिङ वा सुनवाई आज टिस्टा ग्राम पञ्चायत कार्यालयमा सम्पन्न भएको जानकारी टिस्टा-पेशोक क्षेत्रका पत्रकार रिमल मोक्तानले जानकारी दिएका छन्।
उनको जानकारी अनुसार, समाचार लेखुञ्जेल सुनवाईको क्रम जारी रहेको हेरिङ प्रक्रिया बिहान दश बजीदेखि शुरू भयो। उक्त हेरिङ वा सुनुवाईमा टिस्टा ग्राम पञ्चायत क्षेत्रका मतदाताहरुको एसआईआर प्रक्रियामा भेटिएका समस्याहरुलाई आजको हेरिङ वा सुनुवाईमा बोलाइएको ग्राम पञ्चायत प्रधान साङ्गमित लेप्चाले जनाएकी छिन् ।
बिहानै देखि टिस्टा ग्राम पञ्चायत अधिनस्थ टाँडा-टाँडा पर्ने वार्डहरुवासीको सुविधालाई लिएर सुनुवाईमा तालिका अनुसार एवं एक-एक घण्टाको समय अनुसार सुनवाई गरिने टिस्टा ग्राम पञ्चायत प्रधान साङ्गमित लेप्चाले जनाइन्। ग्राम प्रधान लेप्चा अनुसार, ग्राम पञ्चायत क्षेत्रका करीब सात सय जना मतदाताहरुको सुनवाई गरिने छ जसमा प्रायः जस्तो मतदाताहरुको पिताको नाम नमिलेको भन्ने समस्या रहेको छ भने कतिपय मतदाताहरुको बाबू-छोरा अनि बाजे नातिको उमेरमा निक्कै फरक, ज्यादा छोरा-छोरीको पिता भएको जस्ता समस्याहरु रहेको कारण उनीहरुलाई आजको हेरुङ वा सुनुवाईमा बोलाइएको प्रधान लेप्चाले थप जनाइन्।
थप जानकारी अनुसार, दार्जीलिङ जिल्ला अनि कालेबुङ जिल्लाकोवीचमा रहेको टिस्टा ग्राम पञ्चायतका वार्डहरु दार्जीलिङ जिल्ला अन्तर्गत रहेको जीटीए समष्टीहरुमा रहेको ग्राम प्रधान लेप्चाले जनाउँदै तकलिङ्ग-पेशोक समष्टि क्षेत्रमा चार वटा, तक्दाह-टिस्टाभेल्ली समष्टिमा एउटा, मंग्पू अनि टाँशीडिङ समष्टिमा एक-एक वटा सांसद वा वार्ड रहेको बताइन् । जम्मा नौवटा सांसद रहेको टिस्टा ग्राम पञ्चायत कार्यालयमा बिहानदेखिमतदाताहरुको भीड़ देखियो भने मतदाताहरु आ-आफ्नो कागज-पत्रहरुलाई सही ढंगमा एकत्रित गरेर बुझाउनामा व्यस्त देखिन्थे भने सुरक्षा कर्मीहरु पनि आ-आफ्नो कर्तव्यमा तल्लीन देखियो।












