स्रष्टा सङ्गमको छैटौँ वार्षिक सम्मेलन समाप्त

Share this news

खरसाङ, (निसं): भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको दुई दिवसीय छैटौँ वार्षिक सम्मेलन सिटोङ्मा सम्पन्न भएको छ। स्रष्टा सङ्गमको केन्द्रीय सभापति एल्डर राजु राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको दोस्रो दिन पनि साहित्यिक कार्यक्रम लगायत गीत र नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा हिमालयन पेन्टीकोस्टल चर्च डायोसिसको महासचिव एवं माइनोरिटी विभाग जीटीएको सल्लाहकार रेभरेन्ट रमेश गुरुङ र रेभरेन्ट दयाछिरिङ लेप्चा उपस्थित रहेका थिए।

दोस्रो दिनको मुख्य आकर्षणको रूपमा स्रष्टा सम्मान र ख्रीष्टीय भजन र गीत लेखनमाथि विमर्श कार्यक्रम रहेको थियो। दोस्रो दिन बिहानको डिभोशनमा पास्टर दिशन लेप्चाले बाईबलबाट प्रचार गरेका थिए जसलाई करुण राईले सञ्चालन गरेका थिए। दोस्रो दिनको दोस्रो सत्रमा ख्रीष्ट्रीय भजन र गीत लेखनमाथि विमर्श कार्यक्रम आयोजना गरिएको थियो जसमा स्रोत वक्ताको रुपमा वरिष्ठ गायक तथा संगीतकार राम विष्ट, संगीतकार एवं गीतकार आनन्द राई, संगीतकार पास्टर मतियास सुब्बा र संगीतकार एवं गीतकार दिल बान्तावा उपस्थित रहेका थिए भने सहजकर्ताको रुपमा गायक तथा संगीतकार किशोर राई उपस्थित रहेका थिए। कार्यक्रममा रेभरेन्ट डा छत्र सुब्बा पावल, तितस लेप्चा स्मृति पुस्तकालय सिटोङ्का नानीहरु क्रमैले आकृति छेत्री, सिध्दार्थ छेत्री आदिले कविता वाचन गरेका थिए भने नानी जेसलिन लेप्चाले गीत प्रस्तुत गरेका थिए। दोस्रो दिनको अन्तिम सत्रमा स्रष्टा सम्मान अलङ्कन्द्रीय महासचिव पास्टर शरण शरद ले सञ्चालन गरेका थिए।

कार्यक्रममा स्रष्टा सङ्गमको केन्द्रीय सल्लहाकार रेभरेन्ट डा. हेमन्त काँफ्लेले बाईबलबाट सन्देश बाँडेका थिए। यसै कार्यक्रममा स्रष्टा सम्मान 2026 द्वारा प्रेरित ध्रुव शिष्य र कथाकार एडना घलेलाई स्रष्टा सम्मान 2026 द्वारा सम्मानित गरिएको छ। यस अवसरमा दुवैलाई खदार्पणसहित टोपी (प्रेरित ध्रुव शिष्य), शल ओढ़ाएर सम्मान जनाउँदै स्मृति चिन्ह र सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ। यस अवसरमा सम्मान पत्र शोभा राई र रजनी जलनले पठन गरेका थिए। सम्मानपछि प्रेरित ध्रुव शिष्य र कथाकार एडना घले प्रधानले आफ्नेो आफ्नो सम्बोधन राखेका थिए। कार्यक्रममा सभाध्यक्ष एल्डर राजु राईले अध्यक्षीय सम्बोधन राखेका थिए भने धन्यवाद ज्ञापन छैटौँ वार्षिक सम्मेलनका सभापति दिल बान्तावाले राखेका थिए। कार्यक्रममा सिक्किम, कालेबुङ, दार्जीलिङ, खरसाङ, सिलगढ़ी, सिटोङ, सालबारी, बिजनबारी लगायत अन्य विभिन्न स्थानहरुबाट स्रष्टाहरु उपस्थित रहेका थिए। 2027 मा स्रष्टा सङ्गमको सातौँ वार्षिक सम्मेलन सिक्किममा हुने भएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ