वन विभागले दखल गरिएको जमिन खाली गरायो

Share this news

खरसाङ, (निसं): खरसाङ वन विभागको टुकड़ियाझार फरेस्ट रेञ्ज क्षेत्र अन्तर्गत सीमा क्षेत्रमा अवैध रूपमा दखल गरिएको वन विभागको जमिन खाली गराउने एवं अवैध निर्माणलाई हटाउने कार्य गरियो। अवैध प्रकारले वन विभागको जमिन दखल गर्दा के-कस्ता कानूनी कार्वाही हुन्छ त्यस विषयमा पनि स्थानीय मानिसहरूलाई जानकारी एवं सचेत गराइयो। खरसाङ वन विभागद्वारा वन क्षेत्रको विभिन्न ठाउँमा अवैध दखलको विरुद्ध कार्वाही चलिरहेको जानकारी पाइएको छ। यसै कार्वाही अन्तर्गत टुकरियाझार फरेट रेञ्ज अन्तर्गतको सीमा क्षेत्रमा दखलकारीहरूलाई हटाउने कार्य गरिएको हो।

खरसाङ वन विभाग अधिकारी देवेश पाण्डेले जानकारी साझा गरे अनुसार, पश्चिम बंगाल वन विभागद्वारा सी-डीएसीको तक्निकीको सहयोगले खरसाङ वन प्रभाग सहित पश्चिम बंगाल वनको विभिन्न प्रभाग अन्तर्गत आरा मिल मालिकहरूलाई लिएर एउटा प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरिएको छ। यस बाहेक खरसाङ वन विभाग अन्तर्गत साँंपलाई सुरक्षित राख्न अनि वन कर्मीहरूको सुरक्षाको निम्ति एउटा सांँप बचाव प्रशिक्षण कार्यशालाको पनि आयोजन गरिएको जानकारी खरसाङ वन अधिकारीद्वारा गराइएको छ।

खरसाङ वन विभाग अनुसार, खरसाङ वन विभागको विभिन्न रेञ्ज अन्तर्गत प्रति वर्ष 6 सय भन्दा पनि धेर साँप उद्धार गरेर सुरक्षित स्थानमा छोड्ने कार्य गरिन्छ। यस प्रकारको कार्यशालाले सांँपको संरक्षण संगै सांँपबाट स्थानीय मानिसहरूको सुरक्षा एवं वन कर्मीको सुरक्षामाथि पनि जागरूकता ल्याउने छ। सांँपले प्रकृतिको पारिस्थितिक सन्तुलनमा महत्वपूर्ण योगदान दिइरहेको छ। कार्यशाला अन्तर्गत सांँपको रक्षा अनि स्थानीय मानिसहरूको सुरक्षा पनि सुनिश्चित गर्ने विषयमाथि जोर दिएको थियो। उक्त कार्यशालाको आयोजन विभिन्न सम्बन्धित पक्षको सहयोगमा गरिएको थियो भने खरसाङ वन विभागद्वारा ती सबै सहयोगी व्यक्ति विशेष अनि संस्थानप्रति पनि कृतज्ञता व्यक्त गरियो।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ