Edwards is the voice of mountain-lowland-dovers, tea and cinchona plantations
Edwards is the voice of mountain-lowland-dovers, tea and cinchona plantations

एडवर्ड्स पहाड-तराई-डुवर्स, चिया र सिन्कोना बगानका आवाज हुन्

Share this news

इण्डियन गोर्खा जन शक्ति फ्रण्टका केन्द्रीय सदस्य एन.बी. खवासले अजय एडवर्ड्स समयको माग हुन् भन्दै पहाड–तराई–डुवर्स, चिया बगान, सिन्कोना बगान सबैको आवाज भएको बताएका छन्। अजय एडवर्ड्सको नेतृत्व समयको माग हुन् भने उनीद्वारा स्थापित इण्डियन गोर्खा जन शक्ति फ्रण्ट (आइजीजेएफ) पहाड, तराई, डुवर्स तथा गोर्खा समुदायको आवश्यकताबाट भएको बताए। पहाड–तराई–डुवर्स क्षेत्रमा अन्य धेरै राजनीतिक पार्टीहरू भए पनि, इण्डियन गोर्खा जन शक्ति फ्रण्ट पहाड–तराई–डुवर्स तथा गोर्खाहरूको वास्तविक आवश्यकता पूरा गर्न जन्मिएको पार्टी भएको खवासले बताए।
अजय एडवर्ड्स चिया बगान, सिन्कोना बगान, अलैँचीबारी, भीर–पहाड सबैको आवाज भएर आएका छन्। पहाडले अजय एडवर्ड्सलाई विकल्पको रूपमा हेरेको छ। पहाडका राजनीतिक पार्टीहरूले विकासको नाममा आफ्नो गोजी भर्ने काम गरेकाले नै आज अजय एडवर्ड्स र आइजीजेएफको आवश्यकता परेको हो। भारतीय जनता पार्टीले सन् २०१४ देखि “गोर्खाको सपना मेरो सपना” भन्दै गोर्खा समुदायलाई भ्रममा राख्दै आएको छ। तर आज २०२६ पुग्दा पनि गोर्खाहरूका लागि केही गरेको देखिँदैन। यही कारणले भाजपाका धेरै कार्यकर्ताहरू आज आइजीजेएफमा सामेल भएका छन्।
आइजीजेएफमा सामेल भएका भाजपाका कार्यकर्ताहरूले भाजपाको भित्री अवस्था नजिकबाट देख्दा त्यहाँ गोर्खाहरूको हित केही नदेखेर आइजीजेएफमा सामेल भएका एन.बी. खवासले बताए।

पहाडलाई इमानदार नेतृत्वको खाँचो छ भन्ने बुझेर तथा अजय एडवर्ड्सको इमानदारिता देखेर उनीहरू आईजीजेएफमा आएका हुन्। भाजपा विश्वको सबैभन्दा ठूलो पार्टी भए पनि, त्यसलाई छोडेर आईजीजेएफमा सामेल हुनुको मुख्य कारण आइजीजेएफको इमानदार राजनीति हो। खवासले भने, गोर्खा तथा पहाड–तराई–डुवर्सको राजनीतिक निकासको समाधान आईजीजेएफको झण्डामा देखिन्छ। “स्थायी राजनीतिक समाधान” को नाममा भाजपाले हाम्रो भोट प्रयोग गर्‍यो, तर आजसम्म पहाड–तराई–डुवर्स तथा गोर्खा समुदायले स्थायी राजनीतिक समाधान पाएका छैनन्। यहाँसम्म कि स्थायी राजनीतिक समाधानभित्र के छ भन्ने कुरा समेत भाजपाले खुलासा गरेको छैन।
एन.बी. खवासले, स्थायी राजनीतिक समाधान के हो भन्ने कुरा अजय एडवर्ड्सले मात्र स्पष्ट रूपमा परिभाषित गर्न सक्छन्। यही विश्वासका कारण भाजपाका जिम्मेवार नेताहरू आईजीजेएफमा सामेल भएका हुन्। पहाड–तराई–डुवर्स तथा गोर्खाहरूले चाहेको स्थायी राजनीतिक समाधान कस्तो हुनुपर्छ भन्ने कुरा अजय एडवर्ड्सले मात्र स्पष्ट गर्न सक्छन्।
विगतमा पहाड–तराई–डुवर्स क्षेत्रमा विभिन्न आन्दोलनहरू भए, तर समाधानसम्म पुग्न सकेनौँ। यसको मुख्य कारण इमानदार नेतृत्वको अभाव थियो। क्षेत्रीयतावाद हराउँदै गएको छ। पहाडमा मात्र क्षेत्रीयताको कुरा गरियो, तर सिलीगुडी काटेपछि क्षेत्रीयता हराएर गयो। जातीय टोपी शिरमा होइन, गोजीमा राखेर हिँड्ने अवस्था बनेको उनले बताए।
एन.बी. खवासले भने, पहाडको सत्ता दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेताहरूले हालै क्षेत्रीयताको कुरा गरेका थिए, त्यो सुन्दा हामीलाई राम्रो लागेको थियो। तर भागोप्रमोभित्रैबाट आएको जानकारीअनुसार, बंगाल विधानसभा चुनावका लागि सिफारिस गरिएका तीन उम्मेदवारमध्ये केवल एकजना सिटिङ उम्मेदवारलाई मात्र कोलकाताबाट स्वीकृति दिइएको छ। यसले भागोप्रमोमा पनि वास्तविक क्षेत्रीयता नरहेको प्रमाणित हुन्छ।
क्षेत्रीयताको नारा गोरामुमोले लगाइरहेको भए पनि, भाजपाको चुलो–ढुंगा पोस्ने राजनीति गर्दा गोरामुमोको दर्ता खारेज भएको छ। पहाडमा तन, मन र धनले क्षेत्रीयताको कुरा गर्ने र त्यसका लागि निरन्तर काम गर्ने पार्टी भनेको इण्डियन गोर्खा जन शक्ति फ्रण्ड (आइजीजेएफ) नै हो भनी एन.बी. खवासले किटान गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ