गुणमाला नेपाली अनुवाद पुस्तक विमोचन 

Share this news

दार्जीलिङ,31 जनवरी(निसं): असमेली जगतका महान धर्मगुरु तथा सुप्रशिद्ध नाट्यकार एवं महान हस्ती श्रीमन्त शकरदेवद्वारा रचित प्रख्यात ग्रन्थहरुमा पर्ने गुणमाला अब नेपाली भाषी पाठकहरु पनि पढ्न पाउने भएकोछ। असमको तिनसुकिया जिल्लाको डिगबोई बालिजन निवासी साहित्यकार राम निरालाको अथक प्रयासले उक्त पुस्तकलाई नेपाली पाठकहरु निम्ति उपलब्ध भएको हो भनी विमोचन कार्यक्रम सूत्रद्वारा जानकारी प्राप्त भएकोछ।सूत्रको जानकारी अनुसार, यसैबीच एक भव्य कार्यक्रमको साथमा उक्त पुस्तकको बिमोचन गरिएको छ।

माजुली श्री श्री औनियाटी सत्रद्वारा आयोजित असम राज्यस्तरीय समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रममा असमका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा असमेली साहित्यका विशिष्ट व्यक्तिहरुसँगै असमभरका विभिन्न सगठनका पदाधिकारीहरु सगै साहित्यप्रेमी मानिसहरु विशेष रूपमा उपस्थित रहेको थियो। यसैबीच सत्र अधिकार प्रभु डाक्टर पिताम्बर देवगोश्वामीले निरालाले गरेको अथक प्रयासले  परमगुरु श्रीमन्त शंकरदेवकृत गुणमला-को नेपाली संस्करण हेर्ने र सुन्ने सौभाग्य प्राप्त गरेको बताए भने उनको प्रयासले असमेली साहित्यसग नेपाली पाठकहरुको चासो अझै बढेर जाने तथा यस पुस्तकले दुई समुदायबीचमा पुलको काम गर्ने विश्वास समेत व्यक्त गरे। यसको साथमा उनले यस्ता अनुवादले एकैछत्रमा बसेका असमिया अनि नेपाली भाषीहरुलाई अझै नजिकै ल्याउनेमा आशा व्यक्त समेत उनले गरे।

अर्कोतिर, आफ्नो मुख्य सोच नै परापुर्वदेखी नङ र मासु भएर बसेका असमीया तथा नेपालीहरुमा दुवै भाषामा रहेका विशेष ग्रन्थहरुको ज्ञान रहोस् भन्ने रहेको सर्जक राम निरालाले बताए भने आफुले सकेसम्म पुस्तकलाई सहज बनाउने कोशिष गरेको बताए।

याद रहोस्, गुणमाला भागवत पुराणको संक्षिप्त रूप हो भने उक्त पुस्तकलाई महन्तले कोच राजा नर नारायणको अनुरोधमा एकै रातमा यसको रचना गरिएको उल्लेख छ। यसमा भगवान् कृष्णको जीवनका प्रमुख घटनाहरू र उनका गुणहरूको वर्णन गरिएको छ। यसलाई असमिया वैष्णव समाजमा अत्यन्तै सम्मान गरिन्छ र नामघर अर्थात मन्दिरको गुरु आसममा स्थापना गरिन्छ। यसका साथमा यो ग्रन्थ शंकरदेवको सृजनात्मकता र भक्ति आन्दोलनप्रति उनको समर्पणको एक अनौठो उदाहरण हो,उनले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ