नोरमा भागोप्रमो समर्थकहरूले आईजीजेएफ-को झण्डा समाए

Share this news

दार्जीलिङ, 31 जनवरी(निसं): अप्पर नोरमा भागोप्रमो(भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा) समर्थकहरूले आईजीजेएफ-को झण्डा समाएकोछ।इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आईजीजेएफ)-मा समर्थन गर्नेहरूको घुँइचो लागेको छ। यसैक्रममा आज पुल-बिजनबारी समष्टि अन्तर्गत अप्पर नोर पञ्चायतको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समर्थकहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्ट-माथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाए भनी आईजीजीएफ सूत्रले बताएको छ। सूत्रको जानकारी अनुसार, पुल-बिजनबारी समष्टि अन्तर्गत अप्पर नोर ग्राम पञ्चायतमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट-को सभा सम्पन्न भयो।आयोजित सभामा इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य एनबी खवास विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै दार्जीलिङ महकुमा समिति अध्यक्ष पुरण तामाङ,सभासद प्रतीम सुब्बा,आईजीजेएफ पुल-बिजनबारी समष्टिको पक्षबाट भीम सुब्बा,प्रमोद लाहोटी,राजेन सुब्बा,रविन सुब्बा अन्य उपस्थित रहेका थिए।आयोजित सभालाई अप्पर नोर ग्राम पञ्चायत क्षेत्रका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ता तथा समर्थकहरूले इण्डियन गोर्खा जन शक्ति फ्रण्ट-ले मात्र भारतीय गोर्खाहरूको दीर्धकालिन समस्यालाई समाधान गर्न सक्छ भन्ने आस्था र भरोसा गरेर पार्टीको झण्डा समाए।आयोजित सभालाई आईजीजेएफको केन्द्रीय कार्यकारिणी सदस्य एन वी खवास,सभासद प्रतीम सुब्बा र महकुमा समिति अध्यक्ष पुरण तामाङले भारतीय गोर्खाहरूको जातीय परिचय र राजनैतिक सुरक्षाको समस्यालाई इण्डियन गोर्खा जन शक्ति फ्रण्टले मात्र समाधान गर्न सक्छ भन्ने ठोकुवा गर्यो। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो गठनकाल देखि माटो पनि नछोड्ने अनि बाटो पनि नछोड्ने स्पष्टसंँग बताउदै आएका छन्।माटो भन्नाले अलग राज्य गोर्खाल्याण्ड हो अनि बाटो भन्नाले विकास रहेको बारम्बार बताउदै आइरहेको छ।इण्डियन गोर्खा जन शक्ति फ्रण्ट आज कुनै सत्तामा छैन तर पनि जनताले भोग्न परेको समस्याहरूलाई नजर अन्दाज गरेका छैनन्।आफ्नो गोजीको पैसाले पुलहरूको निर्माण, बाटोहरूको निर्माण,समाज घर,सार्वजनिक भवन आदि जस्ता बुनियादीहरू कुराहरूको श्रमदानको माध्यमद्वारा फटाफट निर्माण गर्दै आइरहेको आइजीजेएफ सूत्रले बताएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ