Agosus central president Sagan Moktan resigned from his position
Agosus central president Sagan Moktan resigned from his position

आागोसस केन्द्रीय अध्यक्ष सगन मोक्तानले दिए आफ्नो पदबाट राजीनामा

Share this news

आदिबासी गोर्खा संयुक्त समिति (आागोसस) को संगठनात्मक इतिहासमा आजको दिन एक महत्वपूर्ण मोडको रूपमा अंकित भएको छ। विगत छ वर्षदेखि निरन्तर, निष्ठापूर्वक र अथक रूपमा संगठनको नेतृत्व गर्दै आएका केन्द्रीय अध्यक्ष सगन मोक्तानले व्यक्तिगत अपरिहार्य कारणहरूका आधारमा अध्यक्ष पदबाट औपचारिक रूपमा राजिनामा दिएका छन्। छ वर्षको कार्यकाल अवधिमा संगठनलाई गाउँ–गाउँ, चियाबारी–चियाबारी र डुवर्सको हरेक कुनासम्म विस्तार गर्दै वर्तमान अवस्थामा ३५ वटा सक्रिय शाखा समिति स्थापना गर्नुका साथै आगामी एक महिनाभित्र थप १५ वटा नयाँ शाखा समिति गठन हुने प्रक्रियामा पुगेको अवस्था संगठनको ऐतिहासिक उपलब्धि हो। यो उपलब्धि केवल संख्यात्मक विस्तार मात्र नभई, संगठनको वैचारिक मजबुती, जनआधारको विस्तार र आन्दोलनको संस्थागत सुदृढीकरणको स्पष्ट प्रमाण हो।
पूर्व अध्यक्ष सगन मोक्तानको नेतृत्वमा आागोससले आदिबासी गोर्खाहरूको पहिचान, अधिकार, ऐतिहासिक न्याय र राजनीतिक अस्तित्वको सवाललाई सशक्त रूपमा उठाउँदै आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याएको छ। उनको योगदान, त्याग, समर्पण र संघर्षप्रति केन्द्रीय समिति गहिरो सम्मान व्यक्त गर्दछ।
साथै, संगठनको निरन्तरता, स्थायित्व र भविष्यको मजबुत यात्रालाई ध्यानमा राख्दै आजकै मितिदेखि प्रदिप कुमार मोक्तानलाई आदिबासी गोर्खा संयुक्त समिति (आागोसस) को केन्द्रीय अध्यक्ष पदमा सर्वसम्मत रूपमा पूर्ण अध्यक्षको रूपमा चयन गरिएको जानकारी गराइन्छ।
नव–अध्यक्ष प्रदिप कुमार मोक्तानको नेतृत्वमा संगठन अझ व्यवस्थित, अनुशासित, पारदर्शी र जनमुखी बन्दै आदिबासी गोर्खा आन्दोलनलाई थप सशक्त बनाउने विश्वास केन्द्रीय समितिले व्यक्त गरेको छ।
पूर्व अध्यक्ष सगन मोक्तान संगठनबाट अलग नभई केन्द्रीय कार्यकारिणी सदस्यको रूपमा निरन्तर सक्रिय रहँदै आन्दोलन, अभियान तथा संगठन विस्तारमा आफ्नो अनुभव र योगदान निरन्तर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ, जसले संगठनलाई थप मजबुत बनाउनेछ।
आदिबासी गोर्खा संयुक्त समिति (आागोसस) संगठन, आन्दोलन र जनताको भरोसाको केन्द्र बनेर अगाडि बढ्ने यात्रामा सम्पूर्ण कार्यकर्ता, शाखा समिति, शुभेच्छुक र आम आदिबासी गोर्खा समुदायको निरन्तर साथ, सहयोग र समर्थनको अपेक्षा गरेको आदिबासी गोर्खा संयुक्त समिति (आागोसस) डुवर्सको केन्द्रीय समितिका महासचिव कुशल प्रधानद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ