दार्जीलिङ, 31 जनवरी(निसं): इण्डियन गोर्खा जनशक्ति फ्रन्ट(आईजीजीफ) तकलिङ्ग-पेशोक समष्टि अधीनस्थ रहेको लप्चू चियाबारीका चिया श्रमिकहरुको समस्याहरुको निवारण हेतु हिजो लप्चू पारी गाउँस्थित प्राथमिक पाठशाला प्रांगणमा इण्डियन गोर्खा जनशक्ति फ्रन्टको भातृ संगठनको रुपमा रहेको श्रमिक संगठन हाम्रो हिल तराई डुअर्स चियाबारी श्रमिक संगठन (एचएच० टीडीसीएसएस)-को लप्चू चियाबारी शाखाको गठन गरियो भनी आईजीजीफ-ले बताएको छ।
थप जानकारी अनुसार,इण्डियन गोर्खा जनशक्ति फ्रन्ट तकलिङ्ग-पेशोक समष्टि अध्यक्ष किरण राईको अध्यक्षतामा बसेको एक जरूरी सभामा उक्त श्रमिक संगठनको गठन गरिएको हो। हाम्रो हिल तराई डुअर्स चियाबारी श्रमिक संगठनका केंद्रीय समितिका सभापति डीके गुरुङ्को उपस्थितिमा सम्पन्न एक महत्वपूर्ण सभामा तकलिङ्ग-पेशोक समष्टिका महासचिव श्याम गुरुंगले सभाको विषय वस्तुलाई अघि राखेका थिए भने ग्राम पञ्चायत सदस्य लक्ष्मी राईले सञ्चालन गरेको सभामा समष्टि प्रवक्ता निर्मल तामाङले श्रमिक संगठनको आवश्यकता, संगठन किन गठन गरिनु जरूरी छ भन्ने विषयमा प्रकाश पारे भने श्रमिक संगठनका केंद्रीय सभापति डीके गुरुङले श्रमिकहरुको मौलिक हक़, अधिकार माथि जोड़ दिदै संगठनको कार्य प्रणाली, सङ्गठनले गर्न सकने कार्य, संगठनको शक्ति बारे उपस्थित श्रमिकहरुलाई अवगत गराए साथै विगतमा सङ्गठ्नले गरेका कार्यहरु बारे पनि संक्षिप्तमा जानकारी दिए। सभा पश्चात श्रमिक संगठन गठन गरियो। उक्त नवगठित हाम्रो हिल तराई डुअर्स चियाबरी श्रमिक संगठनको लप्चू चियाबारी शाखाको सभापतिको पदमा रुपट तामाङ रहेका छन् भने उपाध्यक्षको पदमा दीपेन मुखिया चयन गरियो। यसरी नै संगठनको महासचिवाको पदमा रोजी खवास, सहसचिवाको पदमा लक्ष्मी राई चयन भएकी छिन्, सङ्गठनको हर-हिसाब रख-रखाउको निम्ति दिनेश सुब्बालाई कोषाध्यक्षको पदमा सर्वसम्मति मतद्वारा चयन गरियो। संगठनलाई सलाह-सुझाव दिएर अघि बढ्नको निम्ति प्रमुख सल्लाहकारको रुपमा रचना सुब्बालाई चयन गरिएको छ भने मधु थापा, सवीना राई, बल सिङ तामाङ, गंगा राई, समीर सुब्बा अनि रतन सुब्बा आदि सल्लाहकार मण्ड्लीमा चयन भएका छन् । यस अतिरिक्त राज तामाङ, सहदेव सुब्बा, बंधन राई, सुनील खवास, प्रमोद राई, विजय गजमेर, विनोद प्रधान, बसन्ती गुरुङ, रतन राई अनि ऋषि गुरुङ सङ्गठनको कार्यकारिणीको रुपमा चयन भएका छन।आईजीजेएफ़-को श्रमिक संगठन लप्चू चियाबारी शाखा गठन भए पश्चात संगठ्नका केन्द्रीय सभापति डीके गुरुङ, समष्टि अध्यक्ष, प्रवक्ता, महासचिव, नारी संयोजिकाले खदा लगाएर शुभकामना दिए भने निकट भविष्यमा संगठनको निम्ति नि:स्वास्थ भावले सहयोग गर्ने प्रतिवद्धता चयनित श्रमिक संगठनका पदाधिकारीवर्गले व्यक्त गरे।












