दार्जीलिङ , 31 जनवरी(निसं): मजुवा मानेभञ्ज्याङको सडक मर्मत कार्य युद्ध स्तरमा भईरहेको भएपनि केही दिनको निम्ति यातायात खुल्ला रहने रंगीत मजुवा डेभ्लपमेन्ट एसोसिएशन-ले जनाएको छ। रङगीत-मजुवा तामाङ गाउँदेखि दामेगाउँ हुदै मानेभञ्ज्याङ जोड्ने सडक मर्मती कार्य युद्ध स्तरमा हुदैछ तर माध्यमिक परीक्षालाई मध्य नजर राख्दै आगामी 1 फरवरीदेखि 12 फरवरीसम्म यातायात खुल्ला राखिएको एसोसिएशन मुल सचिव सत्यम राईले जनाए।गत केही महिनादेखि भइरहेको सडक मर्मत कार्य हालमा दामेगाउँ स्थित युद्ध स्तरमा भईरहेको छ तथापि माध्यमिक परीक्षामा परीक्षार्थीहरूलाई असुविधा नहोस् भन्ने रङगीत-मजुवा डेभलपमेन्ट एसोसिएशन-को निर्णय भएको हुनाले आगामी 12 दिनको निम्ति यात्री वाहक सबै वाहनहरूलाई यातायात खुल्ला दिइएको छ। तथापि टीफर, माझ्दा अनि ट्रक जस्ता मालवाहक गाडीहरूलाई भने पूर्ण रूपले बन्द राखिएको छ। बदामेगाउँ भएर मानेभञ्ज्याङसम्म कुनै विकल्प सडक नहुनुको कारण तथा सिमेन्टको कंक्रिट ढलाइ भइरहेको हुनार्थ सानो यात्री वाहक दुई तथा चार चक्के वाहनहरूलाई मात्र यातायात खुल्ला गरिएको हो। तथापि आगामी 13 फरवरीदेखि पुरानो समय तालिकामा यातायात गरेर सहयोग गरिदिन सबै वाहन चालकहरूलाई आग्रह गरेको छ। आजसम्म समय तालिकामा हिडेर सहयोग गरिदिनु हुने सम्पूर्ण यात्री वाहक वाहन चालकहरूलाई रंगीत मजुवा डेप्लोभमेन्ट एसोसिएशनको तर्फबाट आभार व्यक्त गर्दै सर्वसाधारणलाई भएको असुविधाका निम्ति खेद प्रकट गरेकोछ।












