BJP Ajay Sharma's statement: Bhagopramo Anup Ramudamu's reaction
BJP Ajay Sharma's statement: Bhagopramo Anup Ramudamu's reaction

भाजपा अजय शर्माको बयानः भागोप्रमो अनुप रामुदामुको प्रतिक्रिया

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका प्रवक्ता अनुप रामुदामु गोर्खा जातिको नाममा आफू भाजपाको एजेन्ट बन्न छोड्नु पर्ने बताएका छन्। उनले यी कुरा
भाजपा सुकना पानीघट्टा मण्डलका अजय शर्माप्रति संङ्केत गरेका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा प्रमुखले दार्जीलिङका सांसदलाई दिएको चुनौतीलाई पहाडको जनतालाई भ्रमित पार्ने खेल मात्र हो भनेको पाए।
रामुदामुले भने, प्रथमत: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा एकमात्र क्षेत्रीय दल हो जसले आजसम्म कसैको बुई नचडी पहाडको हरेक सत्तामा आशिन छ, चाहे त्यो जीटीए होस्, पञ्चायत समिति, पञ्चायत अथवा नगरपालिका। भागोप्रमोले चुनावको बेला टिएमसी सित गठबन्धन गरि चुनाव लड्ने गरेको छ जो राजनितिमा हुने गर्छ। फेरि भएन जुन व्यवस्थामा भागोप्रमो आशिन छ त्यस व्यवस्थामा सुचारू रूपमा संचालन गर्न हेतु राज्य सरकारसित मिलेर कार्य गर्नुलाई कसैको इशारामा चल्नु भनिन्दैन।
यहाँ बुझ्न पर्ने कुरा के छ भने, पहाडमा जसले भाजपा पार्टी गरिरहेका छन् , उनीहरूले गोर्खाल्याण्ड मुद्दालाई चुनावी नारा बनाइरहेका छन्। ठीक हो भाजपाले २०१९ मा संकल्पपत्रमा स्थायी राजनीतिक समाधान(PPS) को कुरा गरेको हो। उसो भए‌ खै त त्यो स्थायी राजनीतिक समाधान ? के हो त्यो स्थायी राजनीतिक समाधान ? जवाब कसले दिने ?
सायद अजय शर्मा भाई कलिलै भएर होला त्यति ज्ञान रहेनछ, इन्टरलोकेटर पहिलो पटक आएका होइनन् २००९ पनि आएका थिए तर कहाँ पुगे के भयो, हालसम्म पत्तो छैन। मुख्य कुरा के हो भने इन्टरलोकेटर आउनुको अर्थ नै यहाँको सांसद बेकामे हो भन्ने प्रमाणित हुनु हो। वार्ताको कुरामा गोर्खाल्याण्ड मुद्दालाई लिएर कति पल्ट कहाँ कहाँ वार्ता भएको कुरो मैले धेरै चोटी उल्लेख गरिसकेको छु अब दोह्रोराउन चाहन्नँ।
अजय शर्मा भाईले किन यति साह्रो मूर्ख कुरा गर्नु भएको, राज्य सरकारले दिन्छु वा दिन्न भन्दा हुने वा नहुने कुरा होइन गोर्खाल्याण्ड। यदि कसैले गोर्खाल्याण्ड दिन सक्छ भने त्यो हो केन्द्रमा रहेको सरकारले, भन्नु पर्दा पूर्णबहुमतमा रहेको भाजपा सरकारले। फेरि अनित थापा के बंगाल विधान सभाका विधायक हुन् र उनले यो प्रस्ताव विधानसभामा राख्छन् ? मूर्खताको पनि सिमा हुन्छ, कुनै दलको समर्थक हुन राम्रो हो, तर अन्धभक्त हुनु भएन नि।
पहाडको अवस्था अहिले आएर यस्तो भएको होइन, दागोपापदेखि हालको जीटीएसम्म आइपुग्दा भाँजो खुस्किँदै आएको हो जसलाई भागोप्रमो पहाडको सत्तामा आए‌देखि सल्हाने काम भइरहेको छ। केन्द्र सरकारबाट आएको कुन काममा भागोप्रमोले अवरोध पुराएको छ खुलेर उल्लेख गर्नु होला। नत्र उही आरोप लगाउने खेला नखेले हुन्छ। मेनिफेस्टोमा नयाँ नाटक अनित थापाले होइन बरू भाजपाले गरिरहेको स्पष्ट छ। फेरि भएन “सय दिने रोजगार मैले रोकेको हो” भन्नेहरूले काममा अवरोध ल्यायो भन्नु लाजस्पद कुरा हो। खै सुदसँगै सय दिने रोजगारको पैसा दिएको ? जवाब छ ?
हजुर, सांसद विष्टले जतिसुकै पटक रोस्टमबाट बोलेको होस् त्यो सब त खोलाको गीत रहेछ भन्ने स्पष्ट भइसक्यो, कारण उनले बोलेको त सरकारले बुझेकै रहेनछ। त्यसैले त इन्टरलोकेटर पठाएका होइनन् र ? भाजपाले राम मन्दिर बनाएको हो धारा ३७० हटाएको पनि हो, तर भाजपाले गोर्खा जातिको लागि भने एउटा सिन्को पनि भाँचेको छैन र भाँच्ने पनि छैन। भाजपाले केवल अनि केवल सपना देखाएर गोर्खा जातिको भोटको निलामी गरेको छ र यसचोटी पनि इन्टरलोकेटरको नाम गरि भोटको दलाल पठाएको मात्र हो।
हामी राजु विष्टलाई आग्रह गर्छौ यसचोटी विधानसभा चुनावभन्दा पहिला पीपीएस के हो खुलेर भनिदिनु होला। यसरी पहाडको सोझो जनतालाई भ्रमित पारि भोटको दलाली गर्न छोड्नु होला। गोर्खा जातिको नाममा आफू भाजपाको एजेन्ट बन्न छोड्नु होला। अनित थापा र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अन्तिम क्षणसम्मा क्षेत्रीयता र सत्यको लागि लडिरहने अनुप रामुदामुले बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ