Gorkha National Congress coordinator Subodh Pakhrin's statement is painful
Gorkha National Congress coordinator Subodh Pakhrin's statement is painful

गोर्खा राष्ट्रिय काङ्ग्रेसका संयोजक सुबोध पाख्रिनको बयान दुखदायी

Share this news

गोर्खा राष्ट्रिय काङ्ग्रेसका संयोजक सुबोध पाख्रिनले गोर्खाल्याण्ड भयो भने नेपाल प्रति झुकाउ हुन्छ भन्ने दिएको बयान दुखदायी भएको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको खर्साङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन गुरुङले बताएका छन्। आज एक प्रेस बिज्ञप्ति जारी गर्दै गोर्खा राष्ट्रिय काङ्ग्रेसका संयोजक सुबोध पाख्रिनले गोर्खाल्याण्ड भयो भने नेपाल प्रति झुकाउ हुन्छ भन्ने दिएको बयान दुखदायी हो भनी जनाएका छन्। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुवास घिसिङले ८० को दशकमा पार्टीको स्थापना गरे पछि गोर्खाल्याण्डको आन्दोलनको शुरुआत गरेका हुन्। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको लक्ष्य भनेकोनै गोर्खाल्याण्ड हो। तर सोझै गोर्खाल्याण्ड हुने सम्भावना नदेखे पछि छैटौं अनुसुचीलाई माध्यम बनाएर गोर्खाल्याण्ड सम्म पुग्ने बैकल्पिक बाटो रोजेका हुन्। तर पनि गोरामुमोले गोर्खा जातिको निम्ति धेरै उपलब्धिहरु हासिल गरेकोे छ। यसै सन्दर्भमा भारत सरकारद्वारा गोर्खा जातिको स्थायी राजनैतिक समाधानको निम्ति सरकारी अन्तरसंवादकर्ता (इन्टरलोक्युटर) पंकज कुमार सिंहलाई नियुक्त गरेपछि बर्तमान समयमा पहाडमा सबैले भेट्ने क्रम जारी छ। गोर्खा राष्ट्रिय काङ्ग्रेसका संयोजक सुबोध पाख्रिनले पनि अन्तरसंवादकर्तालाई भेटघाट गरेपछि मिडियालाई सम्बोधन गर्ने क्रममा गोर्खाल्याण्ड भयो भने नेपालप्रति झुकाउ हुन्छ भन्ने दिएको बयान दुखदायी हो भन्नु र इन्टरलोक्युटरले पनि सहि हो भनेको भनेर आधिकारिक बयान दिनु दुखदायी हो। सुबोध पाख्रिन जस्ता एक वरिष्ठ ब्यक्ति एउटा संगठनको संयोजक भएर यस्तो बयान दिनु हास्यास्पद कुरा हो। सिक्किम सन् १९७४ अगि छुट्टै देश थियो, त्यसपछि भारत देशमा बिलय भयो। गोर्खाल्याण्ड भयो भने नेपालप्रति झुकाउ हुन्छ भने भोलिको दिनमा सिक्किमले हामी भारतबाट छुट्टिन्छौं र छुट्टै राष्ट्र पनि हुन सक्छ। दार्जीलिङ न त सिक्किममा बिलय हुन्छ त्यसपछि के गर्ने ? तपाईंहरुको सिक्किम बिलय मुद्दा के हुन्छ त भनी प्रश्न गर्दै भुपेन गुरुङले भने, गोर्खाल्याण्ड सबैको चाहना हो गोरामुमोको अन्तिम लक्ष्य गोर्खाल्याण्ड हो। बर्तमान परिप्रेक्षमा यदि गोर्खाल्याण्ड भारत सरकारले दिनु नसकेको खण्डमा त्यसको विकल्प के हो त ? हामीलाई हाम्रो भुमिको सुरक्षा, गोर्खाहरुको संस्कृतिको सुरक्षा बिधानपालिका अनि न्यायपालिकाको अधिकार दिलाउने भारतको संविधानको प्रवधान अनुरुप गोर्खाल्याण्ड नभए सम्म केवल छैटौं अनुसूचीले पूरा गर्छ । यसकारण सम्पुर्ण राजनैतिक दल, संघ-संस्था, बुद्धिजीवीबर्ग, गैरराजनीतिक, युवाबर्ग, सर्वासाधारण जनताले अब छैटौं अनुसुची भन्नपर्छ भनी भुपेन गुरुङले अपिल गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ