National Religion Conference and 33rd Sozhyong Upshodha (Ngnyune Vrat)
National Religion Conference and 33rd Sozhyong Upshodha (Ngnyune Vrat)

राष्ट्रिय धर्म सम्मेलन एवं ३३औँ सोझ्योङ उपषोध (ङन्युने व्रत)

Share this news

अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघको आयोजनामा ३३औँ सोझ्योङ उपषोध (ङन्युने व्रत) तथा राष्ट्रिय धर्म सम्मेलन मङपू जनमैदानमा भइरहेको छ। कार्यक्रम बौद्ध धर्मगुरु ख्यान रिम्पोछेको अगुवाइमा सञ्चालन भयो। समारोहका प्रमुख अतिथि सिन्कोना बगानका निर्देशक डा. सामुएल राई, धर्मगुरु ख्यान रिम्पोछे तथा रोहित महाराजको बाहुलीबाट राष्ट्रिय झण्डा, पञ्चशील झण्डा र संघको झण्डा उत्तोलन गरिएपछि कार्यक्रमको शुभारम्भ गरिएको थियो।

किरण ब्लोन, रतन लामा, रुपास बम्जन र सुभद्र बम्जनले सञ्चालन गरेको उक्त समारोहमा जीटीए सल्लाहकार अमर लामा तथा सभासद रतन थापा तथा वन विभागका रेञ्जरहरू प्रिय तामाङ र नरेश वाइबा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

३३औँ सोझ्योङ उपषोध (ङन्युने) तथा राष्ट्रिय धर्म सम्मेलन मङपूमा आयोजना गर्नुको उद्देश्यबारे संघका महासचिव एवं धर्मगुरु साङ्गे छोपेलले आफ्नो मन्तव्य राखे।
कार्यक्रमका क्रममा एनएचपीसी चरण–३ का मुख्य अभियन्ता मनोजकुमार सिंह, सिन्कोना बगानका व्यवस्थापक गोपाल लामिछाने, सभासद रतन थापा, हिमालय दर्पणका सम्पादक शिबु छेत्री, तथा अन्य साहित्यकारहरूको बाहुलीबाट “करुणा” शीर्षकको पुस्तक विमोचन गरियो। उक्त पुस्तकबारे किरण पाख्रीनले संक्षिप्त रूपमा प्रकाश पारे।
गत२९ जनवरीदेखि सुरु भएको धार्मिक कार्यक्रम तथा ३३औँ सोझ्योङ उपषोध एवं राष्ट्रिय धर्म सम्मेलन आगामी १ फेब्रुअरी २०२६ मा सम्पन्न हुनेछ। समापनका दिन प्रमुख धर्मगुरु ख्यान रिम्पोछेको बाहुलीबाट अभिषेक (वाङ) वितरण गरिने कार्यक्रम रहेको छ।

यसैक्रममा आज शुक्रबार बिहानदेखि धर्मगुरु ख्यान रिम्पोछेको मार्गदर्शनमा सयौँ भक्तजनहरूले उपवास (ङन्युने व्रत) मा सहभागी भए। व्रतमा सहभागी हुन आज नै हजारौँ उपासक–उपासिकाहरू मङपू जनमैदानस्थित पूजा पण्डाल परिसरमा उपस्थित भएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ