इगल क्र्यागो सुन्दरीकरणको निम्ति निरीक्षण

Share this news

खरसाङ, (निसं): खरसाङतो दुर्बिन डाँडास्थित इगल क्र्यागको सुन्दरीकरणसहित स्काई वर्क र रक क्लाईबिङ्को पनि शुरु गरिने भएको छ। गत केही दिन अघि खरसाङ नगरपालिकाको टोली विभिन्न समस्याहरु लिएर कलकत्ता पुगेको थियो, यसै समय खरसाङ्को इगल क्र्यागको सुन्दरीकरणको लागि पनि पहल गरिएको थियो। यसको स्वीकृति पाएपछि सुन्दरीकरण गरिने भएको हो। यसको सुन्दरीकरण गरिने भएकोले बिहीवार खरसाङ नगरपालिकाको एउटा टोलीले इगल क्र्यागको निरीक्षण गरेको छ। उक्त निरीक्षणको कार्यमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, फाइनेन्स अफिसर निरदेन लामा, कार्यकारी अफिसर प्रसनजीत चौधरी, अर्वन प्लानर अफिसर सञ्जय प्रसाद, एसएई विशाल सुनवार, सुपरभाइजर सोनाम लामा, हेड क्लर्क सुरेन कटुवाल लगायत अन्यहरु उपस्थित भएर निरीक्षण गरेका थिए।

खरसाङलाई पर्यटकीय मानचित्रमा हाल्नलाई इगल क्र्यागको सुन्दरीकरण गरिने भएको हो। यहाँ सुन्दरीकरणको साथै स्काई वर्क, रक क्लाईबिङ र टेलिस्कोप लगाएर स्थानीय मनोरम दृश्यहरू अवलोकन गर्न पनि शुरु गरिने भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले खरसाङलाई सुन्दरीकरण गरिने र यसको रेभेन्यु संकलनको लागि पहल गरिने र यसको लागि स्थानीयहरुले पनि सहयोग गर्नु पर्ने बताएका छन्‌‍। उनले खरसाङलाई पर्यटकीय मानचित्रमा हाल्नलाई इगल क्र्यागको सुन्दरीकरण गरिने र यसको लागि यहाँ सुन्दरीकरणको साथै स्काई वर्क, रक क्लाईबिङ र टेलिस्कोप लगाएर स्थानीय मनोरम दृश्यहरू अवलोकन गर्न पनि शुरु गरिने बताएका छन्‌‍। उनले योभन्दा पहिला पनि इगल क्र्यागको सुन्दरीकरण ग्रीन सिटी मिशनमार्फत्‌‍ गरिएको जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ