गोर्खा जातिको नाममा भाजपाको एजेण्डा बन्नु हुँदैन- रामुदामु

Share this news

खरसाङ, (निसं): भाजपा सुकना पानीधट्टा मण्डलका अजय शर्माले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा प्रमुखले दार्जीलिङ्का सांसदलाई दिएको चुनौतीलाई पहाड़को जनतालाई भ्रमित पार्ने खेल मात्र हो भनी दिएको वक्तव्यको भागोप्रमो खरसाङ महकुमा प्रवक्ता अनुप रामुदामुले प्रतिक्रिया जनाएका छन्‌‍। तिनले एक विज्ञप्ति जारी गरेर भनेका छन्‌‍-प्रथमत: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा एकमात्र क्षेत्रिय दल हो जसले आजसम्म कसैको बुई नचढी पहाड़को हरेक सत्तामा आशिन छ, चाहे त्यो जीटिए होस, पञ्चायत समिति, पञ्चायत अथवा नगरपालिका होस। भागोप्रमोले चुनाउको बेला टिएमसीसित गठबन्धन गरेर चुनाउ लड्ने गरेको छ जो राजनितिमा हुने गर्छ। फेरि भएन जुन व्यवस्थामा भागोप्रमो आशिन छ त्यस व्यवस्थामा सुचारू रूपमा सञ्चालन गर्न हेतु राज्य सरकारसित मिलेर कार्य गर्नुलाई कसैको इशारामा चल्नु भनिन्दैन। यहाँ बुझ्न पर्ने पहाड़मा जसले भाजपा पार्टी गरि रहेका छन्‌‍ उनीहरूले हो कारण गोर्खाल्याण्ड मुद्दालाई चुनावी नारा कसले बनाई रहेका छन्‌‍। ठीक हो भाजपाले 2019मा संकल्पपत्रमा स्थायी राजनितिक समाधान (पीपीएस) को कुरा गरेका हुन उसो भएखै त त्यो स्थायी राजनैतिक समाधान के हो त्यो स्थायी राजनैतिक समाधान जवाब कसले दिने सायद अजय शर्मा कलिलै भएर होला त्यति ज्ञान रहेनछ इण्टरलोकेटर पहिलो पटक आएका होइनन्‌‍ 2009 मा पनि आएका थिए, तर कहाँ पुगे के भयो हालसम्म पत्तो छैन। अझ मुख्य कुरा के हो भने इण्टरलोकेटर आउनुको अर्थ नै यहाँको सांसद बेकामे हो भन्ने प्रमाणित हुनु हो। वार्ताको कुरामा गोर्खाल्याण्ड मुद्दालाई लिएर कतिपल्ट कहाँ कता वार्ता भएको कुरो मैले धेरैचोटि उल्लेख गरिसकेको छु अब दोहोर्य़ाउन चाहिन। तिनले अजय शर्माको प्रसंग झक्दै भनेका छन्‌‍, अजय शर्मा किन यति साह्रो मूर्ख कुरा गर्नु भएको राज्य सरकारले दिन्छु वा दिन्न भन्दा हुने वा नहुने कुरा होइन गोर्खाल्याण्ड। यो यदि कसैले दिन सक्छ भने त्यो हो केन्द्रमा रहेको सरकारले, भन्नु पर्दा पूर्णबहुमतमा रहेको भाजपा सरकारले। फेरि अनित थापा के बंगाल विधानसभाका विधायक हुन र उनले यो प्रस्ताव विधानसभामा राख्छन्‌‍ मूर्खाताको पनि सिमा हुन्छ, कुनै दलको समर्थक हुन राम्रो हो तर अन्धभक्त हुन भएन नि। पहाड़को अवस्था अहिले आएर यस्तो भएको होइन, दागोपापदेखि हालको जीटिएसम्म आइपुग्दा भाँजो खुस्किदै आएको हो जसलाई भागोप्रमो पहाड़को सत्तामा आएदेखि सम्हाल्ने काम भइरहेको छ। केन्द्र सरकारबाट आएको कुन काममा भागोप्रमोले अवरोध पुर्य़ाएको छ खुलेर उल्लेख गर्नु होला नत्र उही आरोप लगाउने खेला नखेले हुन्छ। मेनिफेस्टोमा नयाँ नाटक अनित थापाले होइन बरू भाजपाले गरिरहेको स्पष्ट छ। रामुदामुले सयदिने रोजगारको बारेमा भनेका छन्‌‍, “सय दिने रोजगार मैले रोकेको हो“ भन्नेहरूले काममा अवरोध ल्याइयो भन्नु लाजस्पद कुरा हो। खै सुदसँगै सय दिने रोजगारको पैसा दिएको जवाब छ हजुर सांसद विष्टले जतिसुकै पटक रोस्टमबाट बोलेको होस त्यो सब त खोलाको गीत रहेछ भन्ने स्पष्ट भइसक्यो, कारण उनले बोलेको त सरकारले बुझेकै रहेनछ त्यसैले त इण्टरलोकेटर पठाएका होइनन्‌‍ र भाजपाले राम मन्दिर बनाएको हो धारा 370 हटाएको पनि हो तर भाजपाले गोर्खा जातिको लागि भने एउटा सिन्को पनि भाँचेको छैन र भाँच्ने पनि छैन। तिनले आरोप लगाउदै भनेका छन्‌‍, भाजपाले केवल सपना देखाएर गोर्खा जातिको भोटको निलामी गरेको छ र यसचोटी पनि इण्टरलोकेटरको नाम गरेर भोटको दलाल पठाएको मात्र हो। हामी राजू विष्टलाई आग्रह गर्छौ यसचोटी विधानसभा चुनाउभन्दा पहिला पीपीएस के हो खुलेर भनिदिनु होला। यसरी पहाडको सोझो जनतालाई भ्रमित पारेर भोटको दलाली गर्न छोड्नु होला। गोर्खा जातिको नाममा आफू भाजपाको एजेण्ट बन्न छोड्नु होला। अनित थापा अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अन्तिम क्षणसम्मा क्षेत्रियता र सत्यको लागि लडिरहने छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ