IGJF flags are held up by the supporters of the movement in Upper Nor
IGJF flags are held up by the supporters of the movement in Upper Nor

अप्पर नोरका भागोप्रमो समर्थकहरूले समाए आइजीजेएफको झण्डा

Share this news

पुल बिजनबारी समष्टि अन्तर्गत अप्पर नोर पंचायतको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समर्थकहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टमाथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाए। बिहीबार पुल बिजनबारी समष्टि अन्तर्गत अप्पर नोर ग्राम पंचायतमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको सभा आयोजन गरिएको थियो। सभामा इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य एनबी खवास विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै दार्जीलिङ महकुमा समिति अध्यक्ष पुरण तामाङ, सभासद प्रतीम सुब्बा, आइजीजेएफ पुल बिजनबारी समष्टिको पक्षबाट भीम सुब्बा, प्रमोद लावती, राजेन सुब्बा, रविन सुब्बा आदि उपस्थित रहेका थिए। सभालाई अप्पर नोर ग्राम पंचायत क्षेत्रका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ता तथा समर्थकहरूले इण्डियन गोर्खा जन शक्ति फ्रण्टले मात्र भारतीय गोर्खाहरूको दीर्घकालीन समस्यालाई समाधान गर्न सक्छ भन्ने आस्था र भरोसा गरेर पार्टीको झण्डा समाएको बताए। आयोजित सभालाई आइजीजेएफको केन्द्रीय कार्यकारिणी सदस्य एनबी खवास, सभासद प्रतीम सुब्बा र महकुमा समिति अध्यक्ष पुरण तामाङले भारतीय गोर्खाहरूको जातीय परिचय र राजनैतिक सुरक्षाको समस्यालाई इण्डियन गोर्खा जन शक्ति फ्रण्टले मात्र समाधान गर्न सक्छ भन्ने ठोकुवा गरेका थिए। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो गठनकालदेखि माटो पनि नछोड्ने अनि बाटो पनि नछोड्ने स्पष्टसंग बताउँदै आएको छ। माटो भन्नाले अलग राज्य गोर्खाल्यान्ड हो अनि बाटो भन्नाले विकास रहेको बारम्बार बताउँदै आइरहेको छ। इण्डियन गोर्खा जन शक्ति फ्रण्ट सत्तामा छैन, तर पनि जनताले भोग्न परेको समस्याहरू समाधान गर्न निरन्तर लागिपरेको छ। आफ्नो गोजीको पैसाले पुलहरूको निर्माण, बाटोहरूको निर्माण, समाज घर, सार्वजनिक भवन आदि जस्ता बुनियादीहरू कुराहरूको श्रमदानको माध्यमद्वारा तीब्रगतिमा निर्माण गर्दै आइरहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ