अमित शाहले शनिबार सिलगढीमा भाजपाको उच्चस्तरीय बैठक गर्ने

Share this news

केन्द्रीय गृहमन्त्री अमित शाहले जनवरी ३१ मा सिलगढीमा भाजपाको उच्चस्तरीय बन्द ढोका संगठनात्मक बैठक गर्ने भएका छन्। २०२६ को पश्चिम बंगाल विधानसभा चुनाव नजिकिँदै गर्दा शाहले दार्जीलिङ, सिलगढी, जलपाईगडी, अलिपुरद्वार अनि कुचबिहारका भाजपा नेतृत्वलाई लिएर शाहले उत्तराको बन्द कोठामा भाजपाको उच्चस्तरीय बैठक गर्ने भएका छन्। यस बैठकमार्फत उत्तर बंगालमा भाजपाको चुनावी तयारी औपचारिक रूपमा सुरु हुने जनाइएको छ। बागडोगरा विमानस्थल नजिकै गोसाईंपुरस्थित उत्तरामा आयोजना हुने यस इनडोर बैठकमा कुचबिहार, अलिपुरद्वार, जलपाईगुडी, दार्जिलिङ र सिलगढीका भाजपा विधायक, सांसद तथा संगठनात्मक नेताहरू सहित ५,००० भन्दा बढी कार्यकर्ताहरू सहभागी हुने जानकारी पाइएको छ।

अमित शाह दिउँसो ३ बजे सिलगढी आइपुग्ने र सोही साँझ फर्कने कार्यक्रम छ। पार्टी स्रोतका अनुसार गृहमन्त्रीले २०२४ को लोकसभा तथा अघिल्ला विधानसभा चुनावको समीक्षा गर्दै आगामी चुनावका लागि रणनीति तय गर्नेछन्। साथै उत्तर बंगालमा जारी मतदाता नामावलीको विशेष गहन संशोधन (SIR) बीच राजनीतिक अवस्थाबारे पनि छलफल हुनेछ। यसैबीच, तृणमूल कांग्रेस (टीएमसी) ले भाजपाको गतिविधिको राजनीतिक प्रतिरोध गर्ने घोषणा गर्दै भाजपाका कार्यक्रमस्थलहरूमा समानान्तर बैठक आयोजना गर्ने तयारी गरेको जनाएको छ। किनकि भाजपाले पश्चिम बङ्गालमा आफ्नो सरकार गठन गर्ने प्रयास गरिरहेको छ भने तृणमूल कांग्रेसले आफ्नो सत्तालाई निरन्तरता दिन घुँडा धस्नेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ