Completeness of unfinished parking stands to solve traffic problems
Completeness of unfinished parking stands to solve traffic problems

यातायात समस्या समाधानार्थ अधुरो पार्किङ स्ट्यान्डले पाउने पूर्णता

Share this news

कालेबुङ नगरको केन्द्रस्थल मानिने नोभेल्टी क्षेत्र नजिक निर्माणाधीन बहुमंजिला कार पार्किङ चाँडै नै सञ्चालनमा आउने भएको छ। लामो समयदेखि स्थगित रहेको र लगभग असम्भव मानिएको यो परियोजनाले नगरपालिकाका अध्यक्ष श्री रवि प्रधानको सक्रियता र दूरदर्शी निर्णयका कारण नयाँ गति प्राप्त गरेको छ।
यो परियोजनाको मुख्य चुनौती प्रवेश र निकासका लागि आवश्यक र्याम्प निर्माण गर्नु थियो। वर्षौंदेखि अल्झिएको यो समस्या समाधान गर्न जीटीए प्रमुख अनित थापाले अध्यक्ष रवि प्रधानलाई विश्वास गरी परियोजना सफल तुल्याउने दायित्व सुम्पेपछि प्रधानले व्यक्तिगत रूपमा पहल गर्दै सम्बन्धित क्षेत्रका पसल तथा आवास खाली गराउने साहसिक कदम चाले। उनकै समन्वयमा जीटीए (GTA) ले विस्थापित परिवारहरूलाई नगरपालिकाको खाली जग्गामा निर्मित २-BHK आवासमा सफलतापूर्वक पुनर्स्थापित गरायो, जसले गर्दा पहिलो र्याम्प निर्माणको मार्ग प्रशस्त भयो।
दोस्रो र्याम्प निर्माणको क्रममा पिलर गाड्ने ठाउँमा एउटा आधा भत्किएको घर बाधक बनेपछि काम फेरि ठप्प भएको थियो। तर, हार नमान्दै रवि प्रधानले घरधनीसँग निरन्तर वार्ता र आश्वासनको प्रक्रिया अघि बढाए। उनको कुशल वार्ता क्षमता र विकासप्रतिको निष्ठाकै कारण अन्ततः विवाद समाधान भएको छ। अहिले सो स्थानमा निर्माण कार्य तीब्र गतिमा अगाडि बढिरहेको छ र आगामी १० फेब्रुअरी २०२६ भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ।
यदि रवि प्रधानले यसरी सक्रिय भूमिका नखेलेको भए र्याम्पबिनाको यो पार्किङ स्ट्यान्ड सदैवका लागि अनुपयोगी अवस्थामा रहने निश्चित थियो। उनको यो सक्रियताले कालिम्पोङको दशकौँ पुरानो अधरमा रहेको स्ट्यान्ड तथा यातायात जामको समस्यालाई निकै हदसम्म समाधान गर्नेछ।
“विकासका लागि त्याग र सहकार्य आवश्यक छ भन्ने कुरा रवि प्रधानले व्यवहारमै प्रमाणित गरिदिएका छन्। यो पार्किङ स्ट्यान्ड कालेबुङवासीलाई उनको कार्यकालको एक अविस्मरणीय उपहार सावित हुनेछ।”
स्थानीय नागरिकहरूले पनि अध्यक्ष प्रधानको प्रशंसा गर्दै भनेका छन्, “रवि प्रधानले राजनीतिभन्दा माथि उठेर सहरको हितका लागि काम गरे, उनको यो सक्रियताले कालेबुङको ट्राफिक जामको दीर्घकालीन समाधान हुने कुरामा हामी विश्वस्त छौँ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ