construction of the under-construction bridge over the Rangbul
construction of the under-construction bridge over the Rangbul

रङबुल खोलामाथि निर्माणाधीन पुलको ढलाइ सफलतापूर्वक सम्पन्न

Share this news

रङबुल धोतरिया–रङमुक समष्टि अन्तर्गत रङबुल खोलामाथि निर्माणाधीन पुलको ढलाइ कार्य सफलतापूर्वक सम्पन्न भएको छ। यो पुल निर्माणसँगै रङबुल धोतरिया समष्टिका बासिन्दाहरूका लागि लामो समयदेखि भोग्दै आएको यातायातसम्बन्धी कठिनाइ अन्त्य हुने विश्वास गरिएको छ। यसअघि आफ्नै समष्टिभित्र ओहोर–दोहोर गर्नसमेत अर्काे समष्टि भएर जानुपर्ने वाध्यता थियो, जसले समय, श्रम र खर्च तीनै कुरामा समस्या सिर्जना गर्दै आएको थियो। अब मिलिङ र चन्द्रमान धुराको बाटो हुँदै सहज रूपमा आवत–जावत गर्न सकिने भएपछि स्थानीय जनताको दैनिक जीवनमा ठूलो सहजता आएको छ। विद्यार्थीहरूलाई विद्यालय जान, बिरामीलाई स्वास्थ्य सेवा लिन, किसानलाई आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन तथा सर्वसाधारणलाई सामान्य आवागमन गर्न यो बाटो अत्यन्त उपयोगी साबित हुने अपेक्षा गरिएको छ। यो पूर्वाधारले न केवल यात्रा छोट्याएको छ, तर सामाजिक, आर्थिक र शैक्षिक विकासमा समेत सकारात्मक प्रभाव पार्नेछ।यस महत्वपूर्ण उपलब्धिका लागि रङबुल धोतरिया–रङमुक समष्टिको तर्फबाट गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सम्माननीय प्रमुख कार्यपाल अनित थापाप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं। उहाँको दूरदर्शी नेतृत्व र प्रशासनको सक्रिय पहलले आज यो सम्भव भएको हो। भविष्यमा पनि यस्ता जनहितकारी विकास कार्यहरू निरन्तर रूपमा अघि बढिरहून् भन्ने अपेक्षासहित, यो बाटोले जनतालाई पुर्‍याएको सुविधाको लागि सम्पूर्ण सरोकारवालाप्रति सभासद राजेश चौहानले धन्यवाद ज्ञापन गरेका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ