Launch of the screenplay "Deepak" written by Dinanath Devkota
Launch of the screenplay "Deepak" written by Dinanath Devkota

दीनानाथ देवकोटा लिखित पटकथा “दीपक”को लोकार्पण

Share this news

“पटकथा मूल कथाबाटै आएको भए तापनि दृश्यमाथि आधारित कथा, पटकथा हुने गरिएको बताउँदै पटकथा भन्नेसाथ चलचित्रसङ्ग जडित हुने गर्छ।” यी कुरा उत्तर बङ्ग विश्वविद्यालयका पूर्व प्रा. तथा साहित्यकार डा. नरेशचन्द्र खातीले भनेका हुन्। उनी आइतबार दीनानाथ शर्मा देवकोटाको दोस्रो कृति “दीपक”को लोकार्पणमा प्रमुख अतिथिको रुपमा बोलिरहेका थिए। डा.खातीले दीनानाथ शर्मा देवकोटा यी विषयका ज्ञाता भएकाले पटकथा सफलतापूर्वक लेखेका छन्। यसमाथि चलचित्र बनाउन सकिने बताए। यसरी नै यो पटकथाले सिलगढीको परिधि नाघेर टाढा-टाढा पुगोस् भन्ने शुभकामना व्यक्त गरे।

सिलगढीको मिलनमोड नजीकै गोलमा खयरझोडाको महानन्दा भ्यु रेस्टुरेन्टमा आइतबार आयोजित लोकार्पण समारोहको अध्यक्षता विशिष्ट साहित्यकार डा. जीवन राणाद्वारा गरिएको थियो। जहाँ विशिष्ट अतिथिहरूमा बयोवृद्ध साहित्यिक पत्रकार युवराज काफ्ले, गणेश कुमार भट्टराई, सिक्किम, नारी हस्ताक्षर तथा चम्पासरी नेपाली साहित्य परिषदकी अध्यक्ष श्रीमती सुष्मा गुरूङ मोक्तान, समाजसेवी बद्रीप्रसाद शर्मा, पर्दीप रसाइली, गायक-सङ्गीतकारद्वय बरूण रसाइली-सुकुमार बराइली, तीनधारे, दिल श्रेष्ठ, युवा उपन्यासकार रीना सुब्बा, समाजसेवी सन्तोषमणि राई, मोहन लुईंटेल युवा साहित्यकार दिवाकर शर्मा ढुङ्गेल, नाटक-चलचित्र क्षेत्रका कृष्ण गुरूङ, राजु शङ्करलगायत अन्यान्यको उपस्थिति रहेको थियो। समारोहका विशिष्ट अतिथि युवराज काफ्ले अनुसार दीनानाथ शर्मा देवकोटा बहुप्रतिभाशाली व्यक्ति भएकाले उनीसङ्ग धेरै वर्षअघिदेखि नाटक र सांस्कृतिक कार्यक्रम एकसाथ गरेका थिए। यसरी नै छोरी कला देवकोटा पनि गायनमा सानैदेखि प्रतिभाशाली भएको वर्णन थियो।

लोकार्पित कृति “दीपक”का भूमिका लेखक तथा समीक्षाकार डा. सुकराज दियालीले, नेपाली भाषामा पटकथा विषयमा पुस्तकहरू उपलब्ध नहुनाले हिन्दी पुस्तकहरूको सहयोग लेख्न सकेको बताए। उनलाई लेखक देवकोटाले सम्बर्द्धना जनाए, जसको पठन खुशी शिक्षा केन्द्रका संस्थापक शिव कटुवालद्वारा पठन गरिएको थियो।
देवराज भट्टराईद्वारा सञ्चालित समारोहका डा. जीवन राणाले दीनानाथ शर्मा देवकोटा हल्ला नगरी काम गरिरहने व्यक्ति भएकाले उनको साहित्य र सङ्गीतको सृजनाहरू भइरहेको बताउँदै यसअघि नेपाली, हिन्दी, अङ्ग्रेजी र बङ्गला भाषाको संयुक्त कृति “भोला”को जानकारी गराए। डा. राणाले कृतिकार देवकोटाको तेस्रो कृति चाँडै हेर्न पाउने आशा व्यक्त गरे। यो कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न देवराली परिवारको विशेष योगदान रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ