Memorandum to Pankaj Kumar Singh by the eight-member assembly team
Memorandum to Pankaj Kumar Singh by the eight-member assembly team

आठ सदस्यीय सभासद टोलीद्वारा पङ्कज कुमार सिंहलाई ज्ञापन

Share this news

भारत सरकारद्वारा मनोनित मध्यस्थकर्ता पङ्कज कुमार सिंह अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा विपक्षमा रहेका सातजना सभासद टोली क्रमैले विनय तामाङ, रूबेन दास प्रधान, पाल्देन तामाङ, रवर्ट छेत्री, जितेन राई, प्रतिम सुब्बा अनि सन्नी तामाङ माझ सोमबार वैठक भएको थियो।
अपरान्ह ३ बजे शुरू भएको वैठक एक घण्टा तीस मिनटसम्म रह्यो। वैठक शुरू हुन अघि आठ सदस्यीय टोलीले दार्जीलिङ पहाड़,तराई, डुवर्स अनि गोर्खाजातिको तर्फबाट आठ पन्ने ज्ञापन-पत्र (Memorandum) बुझाए। ज्ञापन-पत्रबाहेक भारतका गृहमन्त्री अमित शाहको नाममा अलग्गै एक पत्र मध्यस्थकर्ता पङ्कज कुमार सिंहमार्फत पठाइयो – उक्त पत्रमा उच्च स्तरीय त्रिपक्षीय वार्ताको मांग अनि आगामी Budget Session मा ११ जातलाई जनजातिको दर्जा दिन Parliamentary Bill पेश गर्नको निम्ति विन्ती गरिएको छ।
विशेष गरी उक्त वैठकमा यादास्त-पत्रमा उल्लेखित निम्न विषयहरूमा चर्चा-परिचर्चा गरियो:
-वर्तमान गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले १९.०९.२०२२ मा सम्पन्न जीटीए सभाको दौरान गोर्खाल्याण्डको छुट्टै राज्य निर्माणको सम्बन्धमा केन्द्र सरकार, पश्चिम बंगाल राज्य सरकार र सम्बन्धित सरोकारवालाहरूसँग वार्ता पुनः शुरु गर्ने प्रस्तावना हस्तातरण अनि चर्चा;
​- गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको खारेजी र “छुट्टै राज्य वा केन्द्र शासित प्रदेश” को गठन अनि बंगालबाट अलग हुने वैधानिक र राजनैतिक प्रक्रियाहरू शुरू गर्ने;
– ​चिन्हारी एवं पहिचानको संकट र संवैधानिक न्याय;
– ऐतिहासिक सन्धिहरू र क्षेत्रीय हस्तान्तरण;
– संवैधानिक इतिहास;
– बहिष्कृत र आंशिक रूपमा बहिष्कृत क्षेत्र ऐन (Excluded and Partially Excluded Areas Act.);
– समाहित क्षेत्र ऐन (Absorbed Areas Act);
– ​दार्जीलिङ पहाड, सिलिगुडी तराई र डुवर्सको सन्दर्भ;
– ​सन्धिद्वारा बाध्यकारी क्षेत्रहरू;
– ​१९५० को भारत-नेपाल शान्ति तथा मैत्री सन्धिको पुन: परीक्षण र समीक्षा;
– ​१९४९ को भारत-भुटान मैत्री सन्धिको समीक्षा;
– ​तराई र डुवर्सको समावेशीकरण र एकीकरण;
– ​भु-राजनैतिक संवेदनशीलता;
– ​पश्चिम बंगाल सरकार – श्वेतपत्रहरू;
– ​असफल शासनको विरासत: डीजीएचसी (DGHC) र जीटीए (GTA);
– संस्थागत भ्रष्टाचार र जवाफदेहिताको अभाव;
– प्रशासनिक अपील; केन्द्रीय गृह मन्त्रालयको तत्वावधानमा सरोकारवालाहरूको उच्चस्तरीय समिति गठन;
– ​विस्तृत दस्तावेजीकरण र रणनीतिक रूपरेखा;
वैठकमा यादास्त-पत्रमा उल्लेखित विषय-बस्तुहरू बाहेक M- DoNER (Ministry of Development of Northeastern Region) अनि Silk Route बारेपनि चर्चा गरिएको नेतृत्व टोलीका प्रमुख विनय तामाङले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ