The labor organization of IGJF took out a rally
The labor organization of IGJF took out a rally

आइजीजेएफको श्रमिक संगठनले निकाल्यो राँके जुलुस

Share this news

सरकारको चौकीमा बस्नेहरूले श्रमिकहरूलाई चुनावमा मात्र सम्झिने गर्छ, पहाड तराई डुवर्स क्षेत्रका चिया बगानहरूमा अविलम्ब मिनिमम वेजेस लागु गर्ने माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले खरसाङ क्षेत्रको तीनधारे क्षेत्रमा राँके जुलुस निकाल्यो। उक्त राँके जुलुसमा चिया श्रमिकहरूको बाग्लो उपस्थिति रहेको थियो। जुलुसलाई सम्बोधन गर्ने क्रममा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको नेतृत्वहरूले सरकारमा बस्नेहरूले चुनावको समयमा मात्र चिया श्रमिकहरूको कुरा गर्ने गर्छ, तर चुनाव सकेपछि मालिकवर्गलाई काखी चेप्छ। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले चिया बगानहरूमा मिनिमम वेजेस चाहिन्छ भन्ने विषय हरूको जानकारी गराउँदै राज्यको श्रम मंत्रालयदेखि लिएर सम्बन्धित विभागीय अधिकारीहरूलाई पत्रचार गर्ने काम गर्दै आइरहेको छ।अहिलेको महंगाइको समयमा 2 सय 20 रूपियाको रोजीले चिया श्रमिकहरूले आफ्नो घर परिवारहरूको पालन पोषण गर्न धेरै गाह्रो भइरहेको छ। स्पष्ट शब्दमा भन्नु हो भने यति कम रोजीले श्रमिकहरूको पेटमा आगोको ज्वाला सल्कि रहेको छ।

श्रमिक आमा बाउहरूले आफ्ना नानीहरूलाई राम्रो स्कूल, कलेज पठाउन सकिरहेको छैनन्। राम्रो खाना दिनु सकेका छैनन्, एक जोडी राम्रो लुगा दिनु सकेका छैनन्। घर बिल्डिङ्गहरूको निर्माण गर्ने मिस्त्रीहरूको दैनिक रोजी हजार रूपियाँ छ, तर हरियो सुनको उत्पादन गर्ने चिया श्रमिकहरूको रोजी 2 सय 20 रूपियाँँ छ, यो कस्तो विडम्बना!यति कम रोजीमा श्रमिकहरूले आफ्नो जीविका कसरी चलाउँदैछन्। यस विषयमा कुनै सरकारको चौकीमा बस्नेहरूले सोधेका छैनन्। सरकारले केवल मालिकवर्गलाई काखीमा चेप्ने काम गर्छ।

मिनिमम वेजेस यतिका वर्षहरू बितिसक्दा पनि किन लागु हुन सकेको छैन सरकारको चौकीमा बस्नेहरूलाई हाम्रो प्रश्न छ।चिया श्रमिकहरूको पीएफहरू मालिकहरूले दिएको छैन तर ती मालिकहरू विरुद्ध सरकारले कार्यवाही गरेको छैन।सरकारको चौकीमा बस्नेहरूले चिया श्रमिकहरूलाई केवल चुनावको समयमा प्रयोग मात्र गर्ने गर्छ।हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघ जहिले पनि श्रमिकहरूको पक्षमा उभिएको छ, भने सधैं उभिरहनेछ। मिनिमम वेजेसको मुद्दा हामी फत्ते गराएरै छोडने छौं, यदि यसको निम्ति सडकमा ओर्लिन परेको खण्डमा हामी सडकमा पनि ओर्लिन तयार रहेको बताए।

Share this news
आजको रोजाइ
पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

आजको रोजाइ