दार्जीलिङमा पाँच पर्यटक पक्राउ

Share this news

दार्जीलिङ, 25 जनवरी (निसं): दार्जीलिङ घुम्न आएका पञ्जाबका पाँचजना पर्यटक कुटपिटको आरोपमा पक्रा परेका छन्। प्राप्त जानकारीअनुसार गाड़ी घुमाउने विषयलाई केन्द्र गरेर स्थानीय एकजना वाहन चालकसँग विवाद हुँदा ती पर्यटकमध्ये एकजनाले धारिलो हतियारले आक्रमण गरेको आरोप छ। यस घटनापछि क्षेत्रमा सनसनी फैलियो। विभिन्न सूत्रले बताएअनुसार, पञ्जाबबाट आफ्नै वाहन लिएर दार्जीलिङ घुम्न आएका पाँचजनाको पर्यटक समूहको दार्जीलिङको सिंहमारी नजिक फाटक क्षेत्रमा गाड़ी घुमाउने क्रममा स्थानीय एकजना वाहन चालकसँग झगड़ा भयो। प्रत्यक्षदर्शीहरूले बताएअनुसार, तीव्र वादविवादपछि कुटाकुट पनि भयो। त्यसै क्रममा पर्यटकहरूम ध्ये एकजनाले गाड़ीबाट धारिलो हतियार निकालेर स्थानीय वाहन चालकको औंलामा प्रहार गरेको आरोप छ।

घाइते चाकलले घटनाबारे वाहन चालकहरूको संगठनलाई जानकारी दिए। ‘त्यसपछि दार्जीलिङ सदर थाना पुलिस घटनास्थल पुग्यो अनि पाँचैजना पर्यटकलाई पक्राउ गर्यो। पुलिस सूत्रले बताएअनुसार अभियुक्त पाँच पर्यटक पञ्जाबको चण्डीगढ़का वासिन्दा हुन्। पक्रा पर्ने पर्यटकहरूको नाम सुकजीत
सिंह, लखिन्दर सिंह, हर्षबिन्दर सिंह, परबेन्द्र सिंह र मनदीप सिंह हुन्।शनिवार तिनीहरूलाई दार्जीलिङ जिल्ला न्यायालयमा पेश गरियो। दार्जीलिङका अतिरिक्त पुलिस अधीक्षक (सदर) धीरज दासले भने, गाड़ी घुमाउने विषयमा पर्यटक र स्थानीय गाड़ी चालकहरूबीच विवाद भएको हो। पर्यटकहरूविरुद्ध धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको आरोप छ। एफआईआरको आधारमा पाँचजनालाई पक्राउ गरिएको हो।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ