इन्टर लोक्युटर फोटो सेसन मात्र नहोस

Share this news

खरसाङ, (निसं): भारतको उच्च पदमा रहेका औ हाल दार्जीलिङ पहाड तराइ डुवर्सको मुद्दा हल गर्न केन्द्र सरकारले वार्ताकार नियुक्ति गरेका पूर्व उप-राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज कुमार सिंहलाई सम्पूर्ण पहाड़, तराई डुवर्सका गोर्खा समाज साथै गोर्खा अनुसुचित जाति (कामी, दमाई, सार्की) को पाक्षबाट अनुसूचित जाति फोरमका केन्द्रिय अध्यक्ष राजेश गजमेरले स्वागत जनाएका छन्‌‍। स्वागत जनाउँदै गजमेरले वार्ताकारसँगको भेटघाटले सम्पूर्ण गोर्खा जातिको सपना स्थायी राजनैतिक समस्याको निम्ति मात्र कुरा राख्ने सबै लाई सुझाव राखेका छन्‌‍।

तिनले यो भेटघाट कुनै जीटीआर र बीडीआर जस्तो सस्तो व्यवस्थामा नटुङ्गियोस्‌‍ भन्दै बंगालबाट छुटिने व्यवस्थामा मात्र वार्ता होस भनि सुझाव राख्दै केवल फोटो सेसन र राजनैतिक खेल नहोस्‌‍ भनि निवेदन गरेका छन्‌‍। गजमेरले अब हुने कुनै पनि व्यवस्था दुवै राजनैतिक र संवैधानिक व्यवस्था हुनुपर्छ जसमा सबै गोर्खा समुदायले संवैधानिक हक पाएको हुनुपर्छ, अनुसुचित जाति र अनुसूचित जनजातिको संविधानले दिएको आधारमा सिट आरक्षण हुनपर्छ भन्नेजस्ता विषयमाहरू वार्ताकार समक्ष राख्ने पनि बताएका छन्‌‍। तिनले गत केही वर्षदेखि दागोपाप अनि जीटीएको समयमा अनुसूचित जातिले धेरै समस्याको सामना गर्न परेको औ उनीहरूको हक र अधिकार हनन भएकोले नै अब हुने कुनै पनि व्यवस्थामा तिनीहरूको हक अधिकार हनन्‌‍ न होस्‌‍ भनि अब हुने कुनै पनि व्यवस्थामा अनुसूचितहरू छोड़िन हुँदैन भन्दै चाँडै अनुसूचित जातिको राष्ट्रिय स्तरको जनसभा पनि हुने अवगत गराएका छन्‌‍। यसको लागि सबै शाखा प्रमुखहरूसँग सर सल्लाह भाइरहेको र समय अनि दिन पनि चाँडै सर्वाजनिक गरिने जानकारी गराउँदै सभामा विगत सुकुनामा भन्दा पनि अझ धेर अनुसूचित जाति भेला हुने पनि बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ