घैयाबारीमा नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा नयाँ कमान एफसी र मिक्स अप बोइज खरसाङमाझ भीड़न्त हुने

Share this news

तीनधारे,  (निसं): घैयाबारीमा भइरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा नयाँ कमान एफसी र मिक्स अप बोइज खरसाङमाझ उपाधिको लागि भीड़न्त हुने भएको छ। शनिवार भएको दोस्रो सेमी फाइनल खेल मिक्स अप बोइज खरसाङ र रोयल एफसीमाझ खेल सम्पन्न भएको थियो। यस खेलको पहिलो हाफमा कुनै गोल भएन अनि गोलरहित पहिलो हाफको खेल सकिएको थियो। दोस्रो हाफको खेलमा रोयल एफसीको तर्फबाट जर्सी नम्बर 10 प्रणय राईले गोल गरेर बढ़त बनाएका थिए। दोस्रो हाफको खेल समाप्त हुने समयमा मिक्स अप बोइज खरसाङ्को तर्फबाट जर्सी नम्बर 10 ले गोल गरेर खेल बराबरीमा ल्याएका थिए। निर्धारित समयसम्म खेल 1-1 गोलमा बराबरीमा समाप्त भएपछि परिणाम पेनाल्टी सुट आउटमा प्राप्त भएको थियो। यस पेनाल्टी सुट आउटमा रोयल एफसीको तर्फबाट 3 गोल अनि मिक्स अप बोइज खरसाङ्को तर्फबाट 4 गोल गरिएको थियो। यस पेनाल्टी सुट आउटमा मिक्स अप बोइज खरसाङले 4-3 को अन्तरले जितेर फाइनलमा प्रवेश गरेको छ।

अब आगामी 1 फरवरीमा हुने फाइनलमा मिक्स अप बोइज खरसाङ्को उपाधिको लागि नयाँ कमान एफसीसित हुनेछ।नयाँ कमान एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। घैयाबारी स्पोर्टस्‌‍ वेलफेयर एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा गत 3 जनवरीदेखि भइरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत शुक्रवार पहिलो सेमी फाइनल म्याच सम्पन्न भएको छ। उक्त म्याच नयाँ कमान एफसी र चाँद एफसीमाझ सम्पन्न भएको छ। यस पहिलो सेमी फाइनल म्याचको पहिलो हाफको शुरुमा नै नयाँ कमान एफसीको तर्फबाट जर्सी नम्बर 6 बीरेन प्रधानले गोल गरेर बढ़त बनाएका थिए। त्यसको लगत्तै फेरि पनि नयाँ कमान एफसीको तर्फबाट नै जर्सी नम्बर 6 बीरेन प्रधानले नै थप गोल गरेर म्याच 2-0 को बढ़त बनाएका थिए। पहिलो हाफको खेल 2-0 को अन्तरमा समाप्त भएको थियो। दोस्रो हाफको म्याचमा दुवै टिमले गोल गर्ने निरन्तर प्रयास गरे पनि गोल हुन सकेन।

चाँद एफसीको तर्फबाट दोस्रो हाफको खेलमा टाडाबाट हिर्काएको बल पोसमा लागेर फर्किएको थियो भने नयाँ कमान एफसीको तर्फबाट जर्सी नम्बर 6 बीरेन प्रधानले हिर्काएको बल पोसमा लागेर भूईंमा ठोक्किएर फर्किएको थियो। दोस्रो हाफको निर्धारित समयमा नयाँ कमान एफसीले 2-0 को अन्तरले म्याच जितेर घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। यस म्याचमा नयाँ कमान एफसीको जर्सी नम्बर 6 बीरेन प्रधानलाई म्यान अफ्‌‍ द म्याच घोषित गरिएको छ।

यस नगदराशि फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 1 फरवरीको दिन सम्पन्न हुने भएको छ। यस खेलमा मुख्य अतिथिको रुपमा प्रेमुस भोटिया उपस्थित रहेका थिए भने अतिथिको रुपमा नारायण थापा, नरेन्द्र राई, उमेश प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। यस खेल विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै घैयाबारी स्पोर्टस्‌‍ वेलफेयर एसोसिएसनको सचिव शंकु खवासले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍। उनले बताए अनुसार घैयाबारी स्पोर्टस्‌‍ वेलफेयर एसोसिएसनको आयोजनामा यसपाली दोस्रो संस्करणको नगदराशि फुटबल टुर्नामेन्ट भईरहेको छ। यस टुर्नामेन्टमा जम्मा 16 वटा टिमहरुले सहभागिता जनाएका छन्‌‍ अनि यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 1 फरवरीको दिन हुने भएको छ। यस नगदराशि फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफिको साथमा डेढ़ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।

Share this news
आजको रोजाइ
फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

आजको रोजाइ