शहरभित्र मालवाहक ट्रकमाथि निषेधज्ञा जारी

Share this news

सिलगढ़ी, २४ जनवरी (निस): सिलगढ़ी पुलिस कमिश्नरेट अन्तर्गत दार्जीलिङ मोड़देखि सालुगढ़ासम्मको शहरी क्षेत्रमा बढ्दो ट्राफिक जाम, दुर्घटना र जनसुरक्षाको गम्भीर अवस्थालाई मध्यनजर गर्दै सिलगढ़ी ट्राफिक पुलिसले  मालवाहक ट्रक तथा डम्परहरूको आवागमनमाथि निषेधज्ञा जारी गरेको छ।

मतिगढ़ा पालपाड़ादेखि सालुगढ़ासम्म भारी मालवाहक ट्रकहरू चलाउन नपाइने व्यवस्था गरिएको छ भने सिक्किमबाट सिलगढ़ी प्रवेश गर्ने सबै भारी सवारीसाधनलाई इस्टर्न बाइपासतर्फ मोडिनेछ र दार्जीलिङबाट आउने मालवाहक ट्रकहरूलाई खप्रेल हुँदै नौकाघाट मार्ग प्रयोग गर्न निर्देशन दिइएको छ।

शनिवार पत्रकारहरूसँग कुरा गर्दै सिलगढ़ी ट्राफिकका डीसीपी काजी सामसुद्दिन अहमदले शहरभित्र भारी सवारीसाधनको अत्यधिक चापका कारण पैदलयात्री, स्कुलका बालबालिका, वृद्धवृद्धा र एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाहरू समेत जोखिममा परेको बताए। उनका अनुसार अनियन्त्रित रूपमा गुड्ने ट्रक र डम्परहरूले बारम्बार दुर्घटना, सडक क्षति, धुलो र ध्वनि प्रदूषण बढाउँदै जनस्वास्थ्यमा समेत नकारात्मक असर पारिरहेको थियो।

यही अवस्थालाई नियन्त्रण गर्न सिलगढ़ी क्षेत्रका हिलकार्ट रोड, कचरी रोड, हैदरपाड़ा, पञ्जाबीपाड़ा, हाकिमपाड़ा, बाबुपाड़ा, सुभाषपल्ली, देशबन्धुपाड़ा र अरविन्दपल्लीजस्ता घना बस्ती भएका क्षेत्रमा डम्परको आवागमन पूर्ण रूपमा रोक लगाइएको हो। अब कसैले घर निर्माणका लागि बालुवा, गिटी वा अन्य सामग्री ल्याउनु परे साना पिकअप भ्यान वा हलुका मालवाहक सवारी प्रयोग गर्नुपर्नेछ। प्रहरीका अनुसार यदि भारी सवारीलाई शहरभित्र छाडा रूपमा चल्न दिइएमा ठूला दुर्घटना, ट्राफिक अव्यवस्था, एम्बुलेन्स ढिलो पुग्ने अवस्था, सडक भत्किने समस्या र वायु प्रदूषण थप गम्भीर बन्ने जोखिम रहेको छ।

त्यसैले ट्रक चालक, निर्माण व्यवसायी र सर्वसाधारण सबैलाई तोकिएको वैकल्पिक मार्ग प्रयोग गर्न र नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ। नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कडा कानुनी कारबाही, जरिवाना र गाडी जफतसम्मको व्यवस्था गरिने पुलिसले स्पष्ट पारेको छ।

प्रशासनका अनुसार यो निर्णय व्यापार वा ढुवानी रोक्नका लागि होइन, सिलगढ़ी शहरलाई सुरक्षित, जाममुक्त र व्यवस्थित बनाउनका लागि लिइएको आवश्यक कदम हो र यसमा सबै नागरिकको सहकार्य अपरिहार्य रहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ