Allegation of Bhagopromo Shramik Sanghatan that BJP's statement was not fulfilled
Allegation of Bhagopromo Shramik Sanghatan that BJP's statement was not fulfilled

भाजपाको भनाइ पूरा नभएको भागोप्रमो श्रमिक सङ्गठनको आरोप

Share this news

चियाबारी श्रमिकहरुको दैनिक हाजिरा जनवरी 2026 देखि 800 रुपियाँ हुन्छ भन्ने भाजपा नेताहरुको भनाई पूरा नभएको र यो केवल झूटको राजनीति मात्रै गरेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले आरोप लगाएका छन्। आज खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको तर्फबाट सभापति सागर गुरुङ र सचिव भक्तिमान तामाङले‌ भाजपा नेताहरुले चियाबारी श्रमिकहरुको दैनिक हाजिरा जनवरी 2026 देखि 800 रुपियाँ हुन्छ भनेर जुन आश्वासन दिएका थिए त्यसलाई लिएर आफुहरुले पर्खेको तर अहिलेसम्म पनि चियाबारी श्रमिकहरुको दैनिक हाजिरा 800 रुपियाँ नभएको बताएका छन्‌। दुवैले जनवरीदेखि चियाबारी श्रमिकहरुको दैनिक हाजिरा 800 रुपियाँ हुन्छ भनेर पर्खेको तर जनवरीको पहिलो हप्ता र दोस्रो हप्तामा अनलाइन पस्ने दैनिक हाजिरामा कुनै बढोत्तरी नभएको बताएका छन्। यसले गर्दा भाजपा नेताहरुको फोस्रो आश्वासन र झूटो राजनीतिको पर्दाफास भएको दुवैले आरोप लगाएका छन्। दुवैले चियाबारी श्रमिकहरुले 800 रुपियाँ दैनिक हाजिरा पाउने भनेर चुनाव आउने बेलामा मात्र कुरा उठाउने तर वास्तविकता भने अर्कै छ र चियाबारी श्रमिकहरुले अहिले पनि केवल 250 रुपियाँ दैनिक हाजिरा मात्रै प्राप्त गरिरहेको बताउँदै भाजपाको यस्तो राजनीतिमा चियाबारी श्रमिकहरु पर्नु नहुने बताए। यस क्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङको एउटा बगानमा कार्यरत्‌ महिला कर्मचारीले अहिलेसम्म आफुहरुले 800 रुपियाँ गरेर दैनिक हाजिरा नपाएको र पाउँदै गरेको 250 रुपियाँ दैनिक हाजिरा पनि कतिवटा चियाबारीहरुमा समयमा नै नपाएको आरोप लगाएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ