New Kaman FC is the first team to reach the cash money football finals
New Kaman FC is the first team to reach the cash money football finals

नयाँ कमान एफसी नगदराशि फुटबल फाइनल पुग्ने पहिलो टिम

Share this news

नयाँ कमान एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा गत 3 जनवरीदेखि भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आज पहिलो सेमी फाइनल म्याच सम्पन्न भएको छ। उक्त म्याच नयाँ कमान एफसी र चाँद एफसीमाझ सम्पन्न भएको छ। यस पहिलो सेमी फाइनल म्याचको पहिलो हाफको शुरुमा नै नयाँ कमान एफसीको तर्फबाट जर्सी नम्बर 6 बीरेन प्रधानले गोल गरेर बढत बनाएका थिए। त्यसको लगत्तै फेरि पनि नयाँ कमान एफसीको तर्फबाट जर्सी नम्बर 6 बीरेन प्रधानले नै थप गोल गरेर म्याच 2-0 को बढत बनाएका थिए। पहिलो हाफको खेल 2-0 को अन्तरमा समाप्त भएको थियो। दोस्रो हाफको म्याचमा दुवै टिमले गोल गर्ने निरन्तर प्रयास गरे पनि गोल हुन सकेन अनि निर्धारित समयमा नयाँ कमान एफसीले 2-0 को अन्तरले म्याच जितेर घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। यस म्याचमा नयाँ कमान एफसीको जर्सी नम्बर 6 बीरेन प्रधानलाई म्यान अफ् द म्याच घोषित गरिएको छ। अब भोलि शनिवार दोस्रो सेमी फाइनल म्याच मिक्स अप बोइज खरसाङ र रोयल एफसीमाझ सम्पन्न हुने भएको छ। आजको खेल विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको सचिव शंकु खवासले विस्तृत रुपमा जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ