सड़क किनार फोहोर-मैलाको कारण नकारात्मक प्रभाव

Share this news

खरसाङ, (निसं): खरसाङ नगरपालिका क्षेत्रको विभिन्न ठाउँमा फोहोर-मैला थुप्रिएकोले दुर्गन्ध संगै जनमानसले विभिन्न समस्या भोगिरहेका छन्‌‍ भने पर्यटकीय दृष्टिकोणले पनि खरसाङ्को विभिन्न ठाउँमा थुप्रिएको फोहोर-मैलाले नकारात्मक प्रभाव परिरहेको छ।खरसाङ्मा हिमालय दर्पणसित बोल्दै कतिपय सचेत नागरिकहरूले जनाए अनुसार, खरसाङ नगरपालिका क्षेत्र सहित अन्य विभिन्न संग्लग्न क्षेत्रहरूमा पनि फोहोर-मैलाको थुप्रो सड़क किनारमा वा सड़क किनारको झोड़ाहरूमा देखिन्छ।

खरसाङ्को धोबी खोलामा, चन्दन नर्सरी नजिक रेलवे लाइनको किनारमा साथै शहरको अन्य ठाउँहरूमा विगत धेरै समयदेखि फोहोर-मैला जमा भएर बसेकोले स्थानीय मानिसहरू सहित उक्त क्षेत्रमा विभिन्न कामले आएका मानिसहरूले समस्या भोग्नु परिरहेका छन्‌‍। थुप्रिएको फोहोर-मैलाले क्षेत्रमा विभिन्न रोगहरू फैलिने सम्भावना बनेको छ भने यसले बाहिरबाट खरसाङ घुम्न आउने पर्यटकहरूमा पनि नकारात्मक प्रभाव परेको छ।

तिनीहरूले थप जनाए अनुसार, यसरी खरसाङ क्षेत्रको मूल सड़क किनारमा फोहोर मैला प्रायः सधैँ देखिनुले स्थानीय प्रशासनको के-कति क्षमता रहेको छ भन्ने कुरोको अड़कल लगाउन सकिने छ। सम्बन्धित निकायले वा प्रशासनले खरसाङ वरिपरि क्षेत्रका विभिन्न ठाउँमा थुप्रिएको फोहोर-मैला उठाउनु मात्र होइन्‌‍ तर अबोप्रन्त बिहान-बेलुकी दुई समयमा नै सफाई गर्ने प्रबन्ध मिलाउ आवश्यक छ।

खरसाङ धोबी खोला तर्फ चन्दन नर्सरी नजिक रेलवे लाइनको किनारमा धेरै अघिदेखि फोहोर-मैला थुप्रिएकोले विश्व विरासत सानो रेलको मर्यादामा पनि नराम्रो असर पारिरहेको छ भने दार्जीलिङ पहाड़मा घुम्न आउने पर्यटकहरूमा यसले नकारात्मक तस्वीर दार्जीलिङ पहाड़को बनेको छ। सम्बन्धित निकायले उक्त विषयलाई गम्भीरता पूर्वक लिँदै फोहोर-मैलाको व्यस्थापनमा उचित पाइल चाल्न अति आवश्यक रहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ